admin 922 Views
काठमाडौँ । माइतीघर मण्डलास्थित सडक सफा देखिन्छ । काठमाडौको मौसमले पनि साथ दिएर घाम झलमल्ल छ । त्यही घाम परेर टलक्क टल्किएका छन् चिल्ला जुत्ता । अगाडि सेतो कपडामा रातो सूर्य चिह्न अंकित झण्डा फिजाएर बसिरहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जोकसैको नजर पर्नु स्वाभाविक हो ।
आरामल सडकमा सुस्ताएर घाम तापिरहेजस्तो देखिन्छन् एक हुल मानिसहरु । तिनीहरु हुन्— नेकपा (प्रचण्ड–माधव समूह) का नेता, पूर्व सांसद/सभासदहरु । बीचबीचमा राता तथा सेता झण्डाहरु उठेका छन् भने अगाडितिर सडकमा लामो ब्यानर बिछ्याइएको छ ।
ब्यानरमा लेखिएको छ– प्रतिनिधिसभा विघटनको असंवैधानिक एवं प्रतिगामी कदमका विरुद्ध धर्ना कार्यक्रम । हो, गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि नेकपाको यो समूह निरन्तर आन्दोलन तथा विरोधमा उत्रिएको छ ।
सोही सिलसिलामा तेस्रो चरणका कार्यक्रम अन्तरगत नेकपा प्रचण्ड–माधव समूहले आज पनि काठमाडौंस्थित माइतीघर मण्डलामा धर्ना जारी राखेको छ । धर्नामा उक्त समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत नेताहरु धर्नाको अग्रलहरमा बसेका छन् ।
संसद विघटन विरूद्ध प्रचण्ड–माधव समूहले यही माघ १४ गतेदेखि माइतीघरमा धर्ना दिँदै आएको छ ।यसअघि पनि गत पुस १० गते प्रचण्ड, माधव लगायतका नेता कार्याकर्ताले माइतीघरकै चिसो सडकमा ‘हामी यहाँ छौँ’ अंकित प्ले कार्ड बोकेर धर्ना दिएका थिए ।
त्यसयता काठमाडौँमै दुईपटक ठूला विरोध सभा आयोजना गरिसकेको यस समूहले यही माघ २८ गते काठमाडौँमा अहिलेसम्मकै ठूलो विरोध प्रदर्शन गर्ने तयारी थालिरहेको छ ।
संसद पुनस्थापनाको माग गर्दै नेकपा प्रचण्ड माधव समुहका नेताहरु पुनः माईतीघरमा धर्नामा बसेका छन् ।
उनीहरु यस अघि पनि धर्नामा बसेका थिए । आजको धर्नामा प्रचण्ड माधव कुमार नेपाल लगायतका सांसदहरु, राष्ट्रिय सभा सदस्यहरु सहभागी छन् ।
संसद पुनस्थापनाको माग गर्दै उनीहरुले देशभर सभा पनि गर्दै आएका छन् ।नेपाल समाचार बाट
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)