खै तपाईंहरुको मेयर रेणु ? यहाँ आउनु भएन त ? सायद पिकनिक खान जानुभयो होला ! -केपि ओलि ( भिडियो सहित हेर्नुहोस)
2021, January 31st, Sunday

admin

प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनमा आयोजित जनसभामा स्थानीय सांसद तथा भरतपुर महानगरपालिकाका मेयरको अनुपस्थितिप्रति आपत्ति जनाएका छन्।

शनिबार आयोजित सभामा जिल्लाभरबाट नागरिकहरूको सहभागिता रहे पनि चितवनकै तीन जना निर्वाचित सांसद र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको अनुपस्थितिमाथि टिप्पणी गरेका थिए।

‘तपाईंहरूले तीन जना सांसद छान्नुभएको थियो। आज तपाईहरूको साथमा उहाँहरू खोई? तिनिहरूलाई तपाइँहरू चाहिएन, अब तपाइँहरूलाई तिनीहरू चाहिन्छ?,’ प्रधानमन्त्रीले प्रश्न गरेका थिए, ‘जसलाई तपाईहरू चाहिएको छैन, तपाईहरूलाई पनि उनीहरू चाहिन्न, आवश्यकता छैन। त्यही भएर उहाँहरू छटपटाएर हिड्नु भएको छ।’

उनले तीन जना पूर्वप्रधानमन्त्रीहरू लौरो टेकेर लुखुर लुखुर देशभरि हिँडेको भन्दै टिप्पणी गरे।

तीनवटा प्रधानमन्त्री लौरो टेकेर लुखुरलुखुर देशमा लाइन लागेर हिडनुभएको छ, बुढेसकालमा’, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाललाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘उहाँहरूको उद्देश्य राम्रो भएको भए स्वागत गर्न मिल्थ्यो, तर राम्रो छैन। देश सखाप पार्ने मनसाय उहाँहरूको छ।’

उनले भरतपुर महानगरपालिकाकी मेयर दाहालमाथि कटाक्ष गर्दै उनी पिकनिक खान गएको हुनसक्ने तर्क गरेका थिए।

‘यस महानगरपालिकामा अलिअलि मतपत्र च्यातेर जिते पनि यहाँका जनताले भोट त दिएकै थियो नि ! खोइ तपाइँहरुको मेयर यहाँ त छैन ?’, ओलीले भने, ‘तपाइँहरु यहाँ हुनुहुन्छ तर मेयर यहाँ छैनन्। सायद मेयर पिकनिक खान जानु भयो होला कतै?’

उनले संघीय सरकारले दिएको बजेटमा बन्दै गरेका सिटी हल र सडक शिलान्यासको प्रसंग पनि जोडे। ‘संघीय सरकारले एक अर्ब २० करोड हामीले दिने भवन हामीले बनाउने, अनि कुन केटाकेटीले शिलान्यास गर्ने त ?’, उनले भने।

जनसभाअघि ओलीले भरतपुरमा निर्माण हुन लागेको सिटी हलको शिलान्यास गरेका थिए। उनले पूर्वपश्चिम राजमार्गअन्तर्गतको पुल्चोक-गोन्द्राङ ६ लेन सडक विस्तारको शुभारम्भ पनि गरेका थिए।

उक्त शिलान्यास कार्यक्रमप्रति भरतपुर महानगरपालिका र नेकपाको प्रचण्ड-नेपाल समूहले आपत्ति क्सजनाउँदै सहभागिता जनाएको थिएन ।

तपाईको प्रतिक्रिया