काम गर्ने कालु, मकै खाने भालु ! – रेणु दहाल
2021, January 30th, Saturday

admin

चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले यहाँको गौरवको आयोजना सिटी हल र पुल्चोक–गोन्द्राङ ६ लेन सडकको शिलान्यास काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले गर्न नमिल्ने बताएकी छन्।

शुक्रबार भरतपुर महानगरपालिकाकै सभाहलमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख दाहालले महानगरसँग कुनै समन्वय नै नगरी,कुनै जानकारी नगराई स्थानीय तहको गौरवको आयोजनामा केन्द्र सरकारले हस्तक्षेप गर्नु राज्यको दुरुपयोग भएको बताइन्।

पत्रकार सम्मेलनमा नगर प्रमुख दाहालले भनिन्,काम सुरु भइसकेको आयोजनाको शिलान्यास गर्न प्रधानमन्त्री नै आउनु भनेको राज्यको सरासर दुरुपयोग हो,यसमा हाम्रो गम्भीर असहमति छ,स्थानीय स्वायत्त शासनको बर्खिलाप भएको महसुस हामीले गरेका छौँ ।

केन्द्र सरकारको ठाडो हस्तक्षेप प्रमुख दाहालले काम चलाउ सरकारले भरतपुर महानगरलाई निषेध गरेर संघीयताको मूल मर्म विपरीत गएर स्थानीय सरकारको अधिकारमाथि ठाडो हस्तक्षेप गरेको बताइन् ।

उनले भनिन्,विगतमा पटकपटक शिलान्यासको मिति तोकेर तयारी गर्‍यौँ,तर अनेक बहाना बनाइ शिलान्यास गर्न दिइएन,अहिले काम सुरु भइसकेको आयोजनामा स्थानीय सरकारलाई गुमराहमा राखेर शिलान्यास गर्ने योजना केन्द्र सरकारले बनाएकोमा यसप्रति हाम्रो गम्भीर असहमति छ । my computer service centre बाट

तपाईको प्रतिक्रिया