काठमाडौ को कुलेस्वरमा साइकलमा फलफूल बेच्नेले क्यूआर कोड प्रयोग गरेको देखेपछि गभर्नरले सेल्फी खिचे
2021, January 29th, Friday

admin

काठमाडौं : नबिल बैंकले काठमाडौं कुलेश्वरको फलफूल बजारमा क्यूआर भुक्तानी सेवाको शुभारम्भ गरेको छ । शुक्रबार बिहान नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केही फलफूल खरिद गरी क्यूआर कोड मार्फत भुक्तानी गरी नबिल बैंकको क्यूआर भुक्तानी सेवा सुरु गरेका हुन् । अब फलफूल बजारमा जाने उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेट मार्फत सजिलै खरिद गरेको फलफूलको रकम भुक्तान गर्न सक्नेछन् ।

राष्ट्र बैंकका गभर्नर अधिकारीले विभिन्न फलफूल पसलको अवलोकन र निरीक्षण गरेपछि केही फलफुल पसलमा फलफूल खरिद गरी आफ्नो मोबाइल बैंकिङको क्यूआर कोडमार्फत भुक्तानी गरेका थिए। कार्यक्रममा गभर्नर अधिकारीले भने, ‘क्यूआर कोड भुक्तानी सेवा एक नवीन भुक्तानी प्रणाली हो जुन विशेष गरी कोभिडको महामारीको कारणले बढेको छ, पछिल्लो पटक यस्तो डिजिटल बैंकिङ आवश्यक पनि रहेको छ।’

यसैगरी, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले पछिल्लो केही वर्षदेखि हामीले नेपालमा भुक्तानी प्रणालीमा नयाँपन देख्न थालेको र जसको परिणाम उपभोक्ता विस्तारै–विस्तारै नगदबाट डिजिटल भुक्तानतर्फ परिवर्तन भइरहेको पाइएको बताए । उनले भने, ‘अझै पनि कारोबारको ठूलो हिस्सा नगदमा नै हुन्छ । आजको डिजिटल युगमा नविनतम टेक्नोलोजीको विकास गर्नु आवश्यक छ जसले डिजिटल भुक्तानीमा सहयोग गर्छ ।

नबिल क्यूआर कोड एउटा सहज, सुरक्षित र किफायती डिजिटल भुक्तानी गर्ने माध्यम हो, जसलाई आर्थिक समृद्धिमा महत्व पूर्ण योगदानको रूपमा लिन सकिन्छ ।’ नगद तथा डेबिट र क्रेडिट कार्डको विकल्पमा क्यूआर कोड भुक्तानी छिटो र झन्झटमुक्त छ । छिटो र कारोबारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लो पटक उपभोक्ताहरु यो नविन सेवातर्फ आकर्षित भइरहेका छन् ।

डिजिटल कारोबारलाई प्रश्रय दिन र क्यासलेस कारोबारलाई बढावा दिनका लागि नबिल बैंकले सन् २०२० को मार्चदेखि क्यूआर कोड भुक्तानी सेवा सुरु गरेको थियो । अहिले बैंकको साथमा देशभर ७ सय ५० भन्दा बढी क्यूआर सेवा दिने व्यावसायिक प्रतिष्ठानहरु रहेका छन् जुन हरेक दिन बढिरहेका पनि छन् । नबिल बैंकले कोभिड महामारीकै बीचमा नबिल डिजी बैंक स्थापना गरेर उपभोक्ताको हरेक कामहरुलाई डिजिटलमार्फत सेवा पुर्याइरहेको जनाएको छ। खबर हाउस बाट
                                                                                      यो पनि हेर्नुहोस…                                                  फुलबुट्टे सारी हि’ट भएपछि यसरी बेहुली बनिन् मलिका, पलसँगको प्रेमबारे मुख यसरी खोलिन् (भिडियोसहित),काठमाडौं ।पछिल्लो स’मयको सर्वा’धिक हेरिए’को गीत हो, ‘फुलबुट्टे सारी’ । छोटो समयमै करोडौंको मन जितेको यो गीतको सफलतापछि गीतको भिडियोमा फि’चर्ड कलाका’रको छुट्टै हाइप बनिसकेको छ । अडियो र भि’डियो दुबै स’शक्त बनेको यो गीतको भिडियोमा अभिनेता पल शाह र अभिनेत्री मलि’का महतले जोडी बाँधेका छन्।

यात्रा फिल्मबाट नेपाली रजतपटमा डे’ब्यु गरेकी म’लिकाको पछिल्लो म्युजिक भिडियोबाट यति चर्चा भयो त्यति चर्चा र तारिफ उनले डेब्यु फिल्मबाट सायदै पा’एकी थिइन् । त्य’सैले त अहिले भिडियोको लागि उनको माग ह्वात्तै बढेको छ । धेरै निर्माता निर्देशक उनलाई आफ्नो भिडियोमा अ’नुबन्ध ग’राउन ला’लायित छन् ।

उनै मलिका बुधबार गोदा’वरीमा बेहु’ली अब’तारमा भेटिइन् । किरण माइकलको संगीत र निशान भट्टराई अनि एलिना चौहानको स्वर रहेको गीतको भिडियोमा उनले मोडल सोनाल तामाङको बेहुलीको भुमिका समेत नि’भाएकी छि’न् । सुटिङ्गको दौरान गरिएको छोटो कुराकानीमा उनले पल शाहसँगको अफेयर चर्चादेखी बिहे प्रसंग र ब’च्चा म’नपर्ने सम्म’का रमा’इला कि’स्सा सुनाएकी छिन् ।यहाँ हेर्नुहोस् पाछिल्लो स’मयकी स’र्वाधिक मलिकासँग गरिएको रमाइलो अन्तर्वार्ता

तपाईको प्रतिक्रिया