देख्दा अनौठो लाग्ने ! बिश्व किर्तिमान राखेर, नेपाललाई बिश्व सामु चिनाउने लक्ष्य ! आखिर को हुन यी व्यक्ति ? हेर्नुहोस
2021, January 28th, Thursday

admin

काठमाडौ । दिनेशसिंह यादवको ,अनौठो धोको छ । उनी आफ्नो धोको पूरा गर्न लागिपरेका छन् । उनले लामा नङ पालेर विश्वमै देश र मधेशको नाम उच्च पार्ने धोको राखेका छन् । सो धोकोलाई साकार पार्न जनकपुरधाम उपमहानगरपालिका–१७ कनकपट्टीका उनी विगत १० वर्षदेखि नङ पाल्दै आइराखेका छन् ।

लामा नङ पाल्नेमा, आफू नेपालमै पहिलो व्यक्ति भएको दाबी गर्ने उनको हातको औलाको नङ ७, ९ र १० इन्च गरी ४० इन्चको भइसकेको छ ।विदेशमा काम गर्ने केही कनकपट्टीवासीले नङका बारेमा प्रचारप्रसार गर्दा केही युएसए र जापानवासीले उनलाई नङको संरक्षणका लागि आर्थिक सहयोग पनि गरिरहेका छन् ।

देश, प्रदेश र स्थनीय ,सरकारबाट कुनै पनि सहयोग प्राप्त नभएको यादवलाई नङ पालेर विश्व रेकर्ड कायम गर्नका लागि युएसए र जापानवासीले मासिक रु १५ हजार रकम सहयोग गरिरहेको छ ।विदेशमा कार्य गर्ने गाउँवासीको प्रचारप्रसारका कारण चार वर्षअघि दुवै देश नागरिकले आफूसँग जनकपुरमा भेट गरी आर्थिकरूपले सहयोग गर्ने क्रम शुरू गरेको उनी बताउँछन् ।

जाडोयाममा सिरक ओढ्ने क्रममा नङको रक्षामा समस्या हुने गरेको बताउँदै, यादव उनी भन्छन् “देश र मधेशको नाम उच्च पार्न जस्तोसुकै समस्यासँग लड्न तयार छु ।” स्थानीय सरस्वती माध्यमिक विद्यालयमा लेखापाल पदमा कार्यरत यादव विदेशी नागरिकले नङ संरक्षण र प्रवद्र्धनका लागि गरेको सहयोग रकमले नङको संरक्षण कार्यसँगै बचत पनि गरेका छन् ।

यो पनि पढ्नुहोस…

दुर्गेश थापाले श्रीमती लुकाउनुको रहस्री यस्तो रहेछ ! 

गायक दुर्गेश! थापा छोराको बुवा बनेका छन् र यहि खुशियाली साट्दै आफ्नो विवाह भएको समेत दर्शक सामू खुलाएका छन् । श्रीमती प्राची लामाको नाम सहित आफ्नो छोराको तस्विर सार्वजनिक गरेका छन् ।

दु,र्गेश थापाले किन श्रीमती,लाई आज सम्म लुकाएर राखे भन्ने प्रश्न अहिले उब्जिन थालेको छ । दुर्गेश थापाले अहिले सम्म श्रीमतीलाई कतै पनि खुलाएका छैनन् साथै न त कुनै तस्विर नै राखेका छन् । धेरैलाई दुर्गेश सिंगल भन्ने थियो तर अचानक छोरा सहितको तस्विर राख्दा धेरै चखित परेका छन् ।

“हालै एक गितको शुटिङ्गको,क्रममा दुर्गेश थापाले मिडियासँग कुराकानी गर्दै आफूले श्रीमती लुकाउनुको रहस्य बारे बोलेका छन् । आफ्नो चाहना भन्दा पनि श्रीमती कै चाहनाले गर्दा यो कुरा लुकाएको उल्लेख गरेका छन् ।

“दुर्गेशले भने, “खास मैले,भन्दा श्रीमतीले यो कुरा नखुलाउन मलाई भनेकी हुन् । अहिले श्रीमतीको बारेमा खुलाउँदा फ्यानहरु घट्ने हुन् कि भनेर श्रीमतीले नै क्यारियरमा फोकस गर्नु भनेर यो कुरा गोप्य राखेका हौँ तर जब छोरालाई हातमा बोकें मेरो आँखाबाट आँशु झर्यो । अनि खुशी साथ मैले यो खुशी दर्शक सामू व्यक्त गरेको हुँ ।”

तपाईको प्रतिक्रिया