admin 463 Views
दैलेख : स्वास्थ्य सेवा कार्यालय दैलेख जिल्ला अस्पतालमा कार्यरत डा. जगत थापाले कोरोना भाइरसविरुद्धको पहिलो खोप लगाएका छन् ।बुधबार अस्पतालमा आयोजित कोरोनाविरुद्धको कोभिशिल्ड भ्याक्सिन खोप शुभारम्भ कार्यक्रममा डा. थापालाई कोरोना भाइरस(कोभिड–१९)विरुद्धको
पहिलो खोप दिएर खोप अभियान सुरु गरिएको हो ।डा. थापा दैलेखमा कोरोना खोप लगाउने पहिलो व्यक्ति बनेका हुन् । त्यसपछि स्वास्थ्य कार्यालयका खोप अधिकृत थीरप्रसाद रेग्मी र अन्य स्वास्थ्यकर्मी तथा अस्पतालमा कार्यरत कर्मचारीहरुले पनि खोप लगाएका छन् । कोरोनाविरुद्धको खोप पहिलो पटक लगाउन पाएकाहरु खुसी देखिन्थे । खोप लगाएपछि प्रतिक्रिया दिँदै डा. थापाले खोप लगाउँदा कुनै प्रकारको असर तथा दुखाई र स्वास्थ्यमा नकारात्मक असर देखा नपरेको बताए । खोपप्रति शंका नगरी निर्धक्क भएर खोप लगाउन डा. थापाले सुझाव दिएका छन् । पहिलो डोज खोप लगाउने अन्य स्वास्थ्यकर्मीहरुले समेत आफूहरुको स्वास्थ्यमा कुनै असर नदेखिएको भन्दै निर्भिकतापूर्वक खोप लगाउन सबैलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट कोरोना भाइरसविरुद्धको खोप अभियान उद्घाटन गरेसँगै दैलेखमा पनि खोप दिन थालिएको हो । दैलेख अस्पताल खोप केन्द्रबाट खोप दिन थालिएको हो । कोरोनाविरुद्धको कोभिशिल्ड भ्याक्सिन खोप शुभारम्भ कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले नेपालमा कोरोना संक्रमण देखिएको एक वर्षपछि नेपालीले कोरोनाविरुद्धको खोप लगाउन पाएको बताए । उनले खोपका विषयमा अपवाह फैलाइएजस्तो कुनै साइड इफेक्ट नहुने बताए ।
जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले भारतले सेरम इन्सटिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप नेपाललाई सहयोग गरेको भन्दै भारत सरकारलाई धन्यवाद दिए । उनले जिल्लाका नागरिकहरुलाई आवश्यक पर्ने खोपको परिणामबारे स्वास्थ्य मन्त्रालयलाई जानकारी गराईसकेको बताए । छिमेकी देश भारतबाट अनुदान स्वरुप प्राप्त खोप नेपाल सरकार मार्फत दैलेखलाई पहिलो चरणका लागि ४ हजार ४ सय ८० डोज खोप प्राप्त भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थीरप्रसाद रेग्मील जानकारी दिए ।
नेपालले भारतको सेरम इन्सटिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप प्रयोग गरेको हो । यो खोपको १० लाख डोज भारत सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो । यो खोप पहिलो चरणमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा अग्रपंतीमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारी, सरकारी गैरसरकारी तथा नीजि क्षेत्रमा कार्यरत कर्मचारी, स्वास्थ्य संस्थामा कार्यरत सहयोगी, महिला स्वास्थ्य स्वयंसेविकाहरु, सरसफाईकर्मी, एम्बुलेन्स तथा शव वाहान चालक, कोरोना भाइरसबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, वृद्धाश्रममा आश्रीत नागरिक तथा कर्मचारीलाई दिइनेछ ।
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)