आजबाट नेपालमा कोरोना विरुद्धको खोप अभियान सुरु, केही असर वा क्षति भएमा सरकार र कम्पनी विरुद्ध उजुरी गर्न नपाईने
2021, January 27th, Wednesday

admin

काठमाडौं । भारतले अनुदानमा दिएको दश लाख डोज कोरोना खोपको भरमा नेपालले आजबाट खोप अभियान शुरु गर्दैछ । आजबाट सात वटै प्रदेशमा पुर्याईएका खोपहरु लगाउन शुरु हुनेछ ।

विहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल रुपमा एकैपटक काठमाडौंका ११ वटा अस्पतालमा खोप अभियानको शुभारम्भ गर्ने तय भएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पताल, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल कीर्तिपुर, पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, भक्तपुर अस्पताल, शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र भक्तपुर, काठमाडौं मेडिकल कलेज जोरपाटी, सशस्त्र प्रहरी अस्पताल बलम्बु, शहीद गंगालाल अस्पताल बाँसबारीका स्वास्थ्यकर्मीले खोप लगाउनेछन् ।

शुक्रराजस्थित टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले टेकु अस्पतालको तर्फबाट पहिलो खोप लगाउने घोषणा गरेका छन् ।
नेपाल सरकारले कोभिशिल्ड खोपको आपतकालीन प्रयोगका लागि माघ २ गते अनुमति दिएको थियो । यद्यपि, नेपालमा कोरोनाको उच्च संक्रमित र प्रभावित नरहेकाले आपतकालीन प्रयोगको आवस्यकता नरहेको पनि कतिपयले टिप्पणी गर्ने गरेका छन् ।
यो खोप लगाउने कसैलाई पनि कुनै असर वा लक्षण देखिए वा भवितव्य केही भएमा उजुरी गर्न नपाईने, क्षतिपुर्ति दाबी गर्न नपाईने, खोप निर्माता कम्पनी बिरुद्ध दाबी गर्न नपाईने आफै जिम्मेवार हुनु पर्ने शर्त रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाविरुद्धको खोप लगाएपछि कुनै गम्भीर स्वास्थ्य समस्या भए, अंगभंग भए या मृत्यु भएमा खोप दिने निकाय वा संस्थाले क्षतिपूर्ति दिनुपर्ने छैन ।

त्यसैले खोप लगाउने व्यक्तिले भवितव्य परी केही भएमा स्वयं जिम्मेवार हुने सर्तनामा हस्ताक्षर गर्नुपर्ने छ ।नेपाली चिकित्सकहरुले कोरोना संक्रमित, ज्वरो आएका, कोरोना संक्रमित भएकालाई
र १८ वर्ष ननाघेकालाई यो खोप नलगाउन सझाव दिएका छन् ।यस्तो शर्तवद्ध खोप लगाउन धेरै सर्वसाधारण भने हिच्किचाउने गरेको देखिएको छ ।

तपाईको प्रतिक्रिया

About Us

This is about section