नेकपा जुट्नुको विकल्प छैन : वामदेव गौतम
2021, January 27th, Wednesday

admin

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा गरेका छन्। बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी उपाध्यक्ष गौतमले पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका हुन्। अभियान सफल पार्न सबैको साथ र

सहयोग आवश्यक रहेको उनले बताए। कार्यक्रममा बोच्दै नेता गौतमले दुबै समूहलाई मिलाएर अघि बढ्नेमा जोड दिए। उनले दुवै खेमालाई एकअर्काविरुद्ध गरिरहेका लडाइँ बन्द गर्न समेत आग्रह गरे। उनले कम्युनिस्ट पार्टी बलियो बनाउन जुटनुको विकल्प रहेको बताए । ‘नेकपा दुई समूहमा विभाजित भएर पार्टीलाई चिराचिरा पारेको छ। जनतामा निरास पारेका छन्। चारैतिर वितृष्णा फैलिएको छ। एकथरी चुनाव गर्ने भन्छ अर्को थरी निर्वाचन गर्नु हुँदैन भन्छ,’ उनले भने,’ उहाँहरुभन्दा जिम्मेवार अरु कोही हुँदैन। मिल्नुको
विकल्प छैन।’

उनले आफू बाँच्दसम्म कम्युनिस्ट पार्टीलाई एकवद्धता गर्ने र सानै भएपनि समाजवादको विरुवा रोप्ने इच्छा रहेको बताए। ‘सकियो भने पार्टी एकता गर्छु, सकिन भने आह्वान गर्छु,’ उनले भने,’ म पार्टी मिलाउने अभियानमा जुटेको छु। सृजनाशिल बाटोमा लागेकाले सबै जुटौं।’उनले संसद विघटनको मुद्दामाथि सर्वोच्च अदातलको फैसलापछि प्रचण्ड-नेपाल र ओली समूहका नेताहरु यस अभियानमा आउने विश्वास गरे। उनले भने,’ धेरै साथीहरुले सर्वोच्चको निर्णयपछि आउने वचन दिएका छन्। म विश्वस्त छु। उहाँहरु आउनुहुनेछ।’

उनले ६ महिनामा काठमाडौंमा बस्न नसक्ने गरी जनता जुटाउन सक्ने दावी गरे। उनले भने,’ ६ महिनामा काठमाडौंमा बस्न नसक्ने गरी जनता जुटाउनसक्छु, त्यो शक्ति निर्माण हुँदैछ।’ प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई खेमा भएको छ। एक समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले गरेका छन्भने अर्को समूहको नेतृत्व केपी ओलीले गरेका छन्। अपाध्यक्ष गौतम भने विभाजन भएका दुवै समूहमा छैनन् । गौतमले पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेर अगाडि बढ्ने तयारी गरेका छन् ।

उनले संसद विघटनको मुद्दामाथि सर्वोच्च अदातलको फैसलापछि प्रचण्ड-नेपाल र ओली समूहका नेताहरु यस अभियानमा आउने विश्वास गरे। उनले भने,’ धेरै साथीहरुले सर्वोच्चको निर्णयपछि आउने वचन दिएका छन्। म विश्वस्त छु। उहाँहरु आउनुहुनेछ।’

तपाईको प्रतिक्रिया