admin 439 Views
नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतम हिजोआज पार्टी एकताका पक्षमा उभिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई भागमा विभाजित छ। निर्वाचन आयोगले ओली र प्रचण्ड-नेपाल दुबै पक्षलाई आधिकारिता दिएको छैन।
गौतम भने ओली वा प्रचण्ड-नेपाल कुनै पनि समूहमा आफू नलागेको र पार्टी एकताका पक्षमा उभिएको बताउने गरेका छन्। गौतमले निर्वाचन आयोगले निर्णयले पनि पार्टी एकता राष्ट्रिय अभियानलाई बल पुगेको बताएका छन्।
गौतमले सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै आफू कुनै पनि समूहमा नलागेको बताएका थिए। आफू जता गए पार्टी एकता हुन्छ त्यतै जाने उनको भनाइ छ।
म कुनै समूहमा जानका लागि अभियान चलाएको होइन। जुन समूहले मलाई अध्यक्ष दिन्छन्, त्यही समूहमा गएर अध्यक्ष हुन्छु र पार्टी एकता गर्दछु,’ गौतमले भने।
आफूले पार्टीमा गुटबन्दी नगरेकाले आफ्नो पक्षमा कोही नभएको उनको भनाइ थियो। ‘मैले पार्टीमा गुटबन्दी नगरेकाले मसँग कोही पनि केन्द्रीय सदस्य छैनन्, मसँग अहिले हरि पराजुलीभन्दा कोही छैनन्,’ उनले भने।
गौतमले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई पनि आफूले एक गराएको भन्दै पुनः अहिले फुट्न थालेको पार्टीलाई पनि एक बनाउने बताए।
त्यति बेला नै मैले एमाले र माओवादी केन्द्रलाई एक बनाइ नेकपा बनाएको थिए। अब पनि एकता अभियानबाट म दुवै समूहलाई एकतामा ल्याउँछु’ उनले भने।
गौतमले दुवै समूहलाई एकतामा ल्याउनका लागि माघ १४ गतेदेखि पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्ने बताएका छन्।
एकता अभियानका संयोजकमा गौतम, सहसयोजकमा हरि पराजुली र सचिवमा बाबुराम थापा रहने छन्।
अभियान घोषणाको दिन ५१ केन्द्रीय सदस्य र १७५ कार्यसम्पादन समिति घोषणा गरिने उनले जानकारी दिए। सेतोपाटी बाट
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)