हाम्रो टिमले तयार पारेको अन्तिम रिपोर्टमा के थियो त जुन प्रशारण गरिएन? – रबि लामिछाने ,त्यो सामग्री यहाँ हेर्नुहोस
2021, January 22nd, Friday

admin

दुख लाग्यो…५ वर्ष काम गरेको संस्था छोड्नु पर्दा दुख लाग्यो। अन्तिम कार्यक्रम Live गर्न नपाउदा दुख लाग्यो, अन्तिम कार्यक्रमको अन्तिम र मुख्य रिपोर्ट नै काटिएकोमा झन दुख लाग्यो। हाम्रो टिमले तयार पारेको अन्तिम रिपोर्टमा के थियो त जुन प्रशारण गरिएन? त्यो सामग्री पोष्ट गर्दैछु।

काठमाडौं, बहुचर्चित कार्यक्रम सीधा कुरा जनता संगका प्रस्तोता रबि लामिछानेले न्युज २४ छोडेको घोषणा गरेका छन् ।

“उनका अनुसार आज प्रसारण हुने सिधा कुरा जनता संगको एक भागमा मात्र रबि देखिने छन् । आज प्रशारण हुने कार्यक्रमसँगै न्युज २४ टेलिभिजन सँगको सुखद सहयात्राबाट विश्राम लिन लागेको उनले बताएका छन ।

“आज प्रशारण हुने कार्यक्रमसँगै News 24 टेलिभिजन सँगको सुखद सहयात्राबाट विश्राम लिदैछौ। यो साथ,सहयोग र अवसारकालागि सम्पुर्ण news 24 परिवार सहित अध्यक्ष आदरणीय अनिल जोशी ज्यु तथा निर्देशक अदिश जोशी ज्यु प्रति आभार व्यक्त गर्दछु।

“मलाई विश्वास गरि मार्गदर्शन समेत गर्नु हुने आदरणीय निर्मल राज पौडेल/निता पौडेल तथा सम्पुर्ण वेलकम ग्रुप प्रति विशेष आभार व्यक्त गर्दछु।

भिडियो हेर्नुहोस…

तपाईको प्रतिक्रिया