admin 606 Views
एजेन्सी, माघ ८ । बुधबार सपथ ग्रहण गरेका अमेरिकी राष्ट्रपति जो बाइडेनले कार्यकालको पहिलो दिनमै यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका थुप्रै निर्णयहरु खारेज गरेका छन् ।
बाइडेनले १७ वटा एक्जुकेटिभ अर्डरमा हस्ताक्षर गरेका छन्। तीमध्ये अधिकांश ट्रम्पले गरेका निर्णयहरू उल्ट्याउने छन्।
ट्रम्पले यसअघि पेरिस क्लाइमेट सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गरेका थिए। विश्वव्यापी जलवायू परिवर्तनका विषयमा काम गर्ने उक्त सम्झौतामा अमेरिका फेरि जोडिने बाइडेनले निर्णय गरेका छन्। अबको ३० दिनमा अमेरिका सम्झौताको एक हस्ताक्षरकर्ता हुनेछ।
बाइडेनले केही मुस्लिम देशका आप्रवासीमाथि ट्रम्पले लगाएको प्रतिबन्ध पनि खारेज गरिदएका छन्। उनले ती मुलुकहरूमा रहेका अमेरिकी दूतावासका अधिकारीलाई अप्ठेरोमा परेका र सहयोगको खाँचो भएका मानिसहरूको भिसा प्रक्रिया अघि बढाउन भनेका छन्।
विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०बाट बाहिरिने ट्रम्पको घोषणालाई पनि बाइडेनले उल्ट्याएका छन्। बाइडेन डाक्टर एन्थोनी फाउचीलाई डब्लुएचओको एउटा सम्मेलनमा पठाउने निर्णय गरेका छन्।
राष्ट्रपति बाइडेनले अमेरिका र मेक्सिकोको सीमामा ट्रम्पले लगाउन थालेको पर्खालको काम पनि रोकिदिएका छन्। उनले पर्खाल बनाउन गइरहेको पैसा रोकेर त्यसको समीक्षा गर्ने बताएका छन्। ट्रम्पले ल्याटिन अमेरिका हुँदै आउने आप्रवासी रोक्न मेक्सिकोको सीमामा पर्खाल लगाउने चुनावी नारा दिएका थिए। राष्ट्रपति बनेपछि उनले पर्खालका लागि अर्बौं डलर जुटाउन राष्ट्रिय आपतकाल घोषणा गरेका थिए।
जनगणनामा नागरिकता नभएका मानिसलाई सहभागी नगराउने ट्रम्प प्रशासनको योजना पनि बाइडेनले उल्टाएका छन्। अवैधानिक आप्रवासीलाई खोजी खोजी देश निकाला गर्ने ट्रम्पको निर्णय पनि उनले खारेज गरिदिएका छन्बाइडेनले देशभरि मास्क अनिवार्य रूपले लगाउनु पर्ने आदेश पनि जारी गरेका छन् । मिर्मिरे खबरबाट
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)