प्रधानमन्त्री केपि ओलि हार्ने निश्चित भएकाले बैशाखमा चुनाव गराउदैनन ! डा. बाबुराम भट्टराई
2021, January 9th, Saturday

admin

बिराटनगर पुस २५ । जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भटटराईले प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाखमा निर्वाचन नगराउने बताएका छन् ।

विराटनगरमा सो पार्टीले संसद विघटन बिरुद्ध आयोजना गरेको सभामा बोल्दै डा. भट्टराईले दुई तिहाईको सरकार छाडेर आफै हार्ने निर्वाचन ओलीले नगराउने दाबी गरे ।

मुसालाई पासोमा पसाउन राखेको ललिपप जस्तै ओलीले पनि अलमल्याउन र दलहरूलाई फसाउन चुनावको पासो थापेको भट्टराईले बताए ।

ओलीले कुनै हालतमा चुनाव गराउँदैनन्’भट्टराईले भने‘चुनाव गराईहाले पनि कम्वोडियाको हुन्सेनको जस्तो चुनाव गराउँछन् ।’ प्रतिगमनकारीले गराउने चुनावमा नलोभिन भट्टराईले काँग्रेस सहितका दललाई आग्रह पनि गरे ।

संविधानमा पधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार काँही पनि छैन, उनको यो बज्रपातले संविधान कोमामा गएको छ उनले भने । मिर्मिरे अनलाइन बाट

तपाईको प्रतिक्रिया