जिवनको अन्तिम घडी नजिकिदा पनि केपि ओलिलाइ पदको मात्र चिन्ता छ,देश र जनताको पटक्कै छैन ! आखिर किन यस्तो? :- बिना मगर
2021, January 6th, Wednesday

admin

निवर्तमान खानेपानी मन्त्री बिना मगरले प्रधानमन्त्री केपी ओलीले पद लोलुपताकै कारण संसद विघटन गराएको बताएकी छिन् ।

नेपाल कम्युनिस्ट पार्टी बेलौरी नगरकमिटीद्वारा आयोजित नगर कमिटी भेलालाई सम्बोधन गर्दै मगरले प्रधानमन्त्रीले जनताका लागि भन्दा पनि पदकै लागि संसद विघटन गराएको बताएकी हुन् ।

“प्रधानमन्त्रीलाई देश र जनताको चिन्ता छैन । मुलुकको विकासको बारेमा उहाँलाई कत्ति पनि चिन्ता रहेनछ । मात्र उहाँलाई पदको चिन्ता रहेछ ।”

भेलालाई सम्बोधन गर्दै भनिन्, “जनतामाथि कुठाराघात गर्दै प्रधानमन्त्रीले असंवैधानिक तवरले संसद विघटन गराउनुभयो । यस्तो तानाशाही प्रवृत्तिलाई जनताले चाँडै परास्त गर्नेछन् । प्रधानमन्त्री र उहाँका आसेपासेहरुको भविष्य अब धेरै लामो समय छैन ।”

“मैले सुन्ने गरेको छु प्रधानमन्त्रीका नजिकका मान्छेहरुले संघीयता खारेज गर्नुप-यो भनेर वकालत गरिरहेका छन् ।

जनताको त्याग र बलिदानबाट प्राप्त भएको उपलब्धिहरुलाई प्रधानमन्त्रीका मान्छेहरुले कुल्चने दुस्साहस गर्दैछन् ।” उनले भनिन्, “यस्तालाई जनताले चाँडै पराजित गर्ने छन् ।”

तपाईको प्रतिक्रिया