‘म जतिबेला पनि मारिन सक्छु’ :- रामकुमारी झाँक्री, यस्तो छ कारण हेर्नुहोस
2020, December 27th, Sunday

admin

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाकी नेतृ रामकुमारी झाँक्रीले आफू जतिबेला पनि मा’रिने सक्ने बताएका छिन् । शनिबार सामाजिक सञ्जाल टिकटकमा लाइभ भिडियो मार्फत् भावुक हुँदै उनलेयस्तो बताईन् ।                                                                                                                                    उनले राष्ट्रपति बिद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई बर्बाद बनाएको बताएकी छिन्।

ओली र भण्डारीप्रति इंगित गर्दै जनताले चुनेका ब्यक्ति नै राजाभन्दा निरंकुश देखिएको बताएकी छिन् । संबिधानको चीर ह’रण गर्नेहरुलाई बालुवाटार र शितल निवासबाट गलह’त्याएर निकाल्ने दिन आउने भन्दै त्यो बेला आफू नहुन पनि सक्छु भन्दै उनी भावुक बनिन्।

करिब एक घण्टा लामो लाइभमा उनले गाउँमा पार्टी सदस्यता लिन आफूले गरेको संघर्षदेखि राजतन्त्रमा राजकाज मु’द्धासम्म भोग्नु परेको स्मरण गर्दै ओलीले जनतामाथि घा’त गरेको पनि बताईन्।

केपी ओलीले अरुलाई मान्छे नै नमान्ने भएका कारणले आज यो अवस्था सिर्जना भएको बताएकी छिन् । ओली र भण्डारीको निरंकुशता एक महिनामै टुंग्याइदिने पनि उनले दाबी गरेकी छिन्।

तपाईको प्रतिक्रिया