मनोज गजुरेलकि पुर्वपत्नी मिना ढकालले यसरी मनाईन तेस्रो डिभोर्स उत्सव ! भिडियो हेर्नुहोस..
2020, December 26th, Saturday

admin

समाजिक सञ्जाल प्रयोगकर्ताको लागि मिना ढकाल कुनै नौलो नाम हैन । आफुलाई मनमा लागेको कुरा सामाजिक सञ्जालमार्फत लेख्न रुचाउने मिना समाजसेवाको बाटोमा अगाडी बढिरहेकी महिला हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका कुराहरुमा मिश्रित प्रतिक्रियाहरु आएपनि उनी निर्धक्क भएर आफ्ना मनका कुराहरु लेख्छिन् । उनी हास्यकलाकार मनोज गजुरेलकी पुर्वपत्नी हुन् । उनीहरुको सम्बन्ध बिच्छेद भएको आज तीन वर्ष पुरा भएको छ ।

आज बिहानै मिनाले आफु स्वतन्त्र भएको ३ वर्ष पुरा भएको भन्दै स्टाटस लेखेकी थिइन् । त्यो स्टाटस अहिले भाइरल भइरहेको छ । स्टाटस मात्र हैन आफ्नो डिभोर्स एनिभर्सरी मनाउन उनी आश्रम पुगेकी छिन् ।

उनले पवित्र समाज सेवा नेपालमा गएर त्यहाँ रहेका बालबालिका तथा युवाहरुसँग समय बिताएकी छिन् । उनले शेयर गरेको भिडियोमा बिभिन्न मिष्ठान्न परिकारहरु दिएर बच्चाहरुसँग रमाएको देख्न सकिन्छ ।

हेर्नुस उनिसंग गरेको यो कुराकानी

तपाईको प्रतिक्रिया