आफुहरुको सबै भन्दा ठूलो दल भएको प्रचण्डको दाबी, संसद पुनर्स्थापना गरेर नयाँ सरकार बनाईने ?
2020, December 23rd, Wednesday

admin

काठमाण्डौं पौष  ८। नेकपाका अध्यक्ष प्रचण्डले संसदमा सबै भन्दा ठूलो दल आफूहरुकै भएको दाबी गरेका छन् । आज पार्टीको संसदीय दलको बैठकमा बोल्दै प्रचण्डले आफूहरुसगँ ९५ जना सांसद हुने बताएका छन् ।

ओलीलाई हटाएर आफू संसदीय दलको नेता चयन भए पछि अब संसदलाई जीवित राखेर नयाँ सरकार बनाई जनताको अपेक्षा अनुसार काम गर्ने आफ्नो ध्यान रहेको प्रचण्डले बताए ।

उनले नेपाली जनताले लामो समयको संघर्षबाट प्राप्त गरेको संघीय गणतन्त्र, समावेशी लोकतन्त्र र यो प्रतिनिधि सभालाई जीवन्त राख्न प्रयास गर्ने बताए ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आइ एम द स्टेटु भन्ने प्रवृत्तिका कारण संसदको दुईतिहाई बहुमत जोगाउन नसकेको बताए ।

तपाईको प्रतिक्रिया