दु:खद खबर ! टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेर गम्भीर घाइते भएका युवकको मृत्यु भिडियाे हेर्नुहोस..
2020, December 21st, Monday

admin

दाङ,पुष ०६। दाङमा टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेर गम्भीर घाइते भएका युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ बिजौरी निवासी २४ वर्षीय रमेश थापा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले जानकारी दिनुभयो ।

उपचारकाक्रममा कोहलपुर मेडिकल कलेजमा आज बिहान मृत्यु भएको हो । शनिबार बबई गाउँपालिका वडा नं. ५ हापुरे स्थित पुरन्धारा छहरा नजिक बबई नदिमा रहेको झोलुङ्गे पुलबाट टिक-टक बनाउने क्रममा उनि खसेका थिए ।

भिडियो हेर्नुहोस..

तपाईको प्रतिक्रिया