ओलिको बिरोध गर्नेलाई टोलटोल मा साइबर सेना राखेर कारबाही गर्छु!– नेकपा नेता महेश बस्नेत
2020, December 20th, Sunday

admin

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली पछिल्लो कार्यशैलीले निकै विवादिन बनेका छन् । उनको दम्भले उकै पार्टीका नेताहरु ओलीसँग रिसाएका छन् । साघुँरो घेराभित्रको गुट चलाएर बसेका ओलीका अन्धभक्तहरु भने देशभरी नै रहेका छन् ।

पछिल्लो समय नेकपाका अर्का नेता महेश बस्नेतले ओली सरकारको बचाउ गर्दै बिरोधीहरुलाई ठीक पार्ने योजना सुनाएका छन् । उनी युवा संघ नेपालका इन्चार्जसमेत रहेका छन् ।

महेश बस्नेतले सरकारविरूद्ध भ्रम फैलाउनेलाई ‘तह लगाउन’ टोल–टोलमा साइबर सेना गठन गर्न युवाहरूलाई निर्देशन दिएका छन् । नवलपुरको गैंंडाकोटमा शनिबार दिउँसो युवाहरूलाई यस्तो निर्देश्न दिएका हुन् ।

बस्नेतले साइबर सेना बनाएर सरकारको प्रतिरक्षा गर्न निर्देशन दिएका थिए । विपक्षीहरूले सरकारविरूद्ध नियोजित रूपमा भ्रम फैलाएको आरोप उनको थियो । पूर्वउद्योगमन्त्री बस्नेतले योजनावद्ध रूपमा सामाजिक सञ्जालमा सरकारको बद्नाम भैरहेको दाबी गरे ।

तपाईको प्रतिक्रिया