हाम्रोखबर संवाददाता 31 Views
“युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसी यु’द्धको डटेर सामना गर्ने संकेत दिएका छन्। रुसले युक्रेनका विभिन्न सहरमा १३ दिनदेखि आ’क्र’मण गरिरहेको छ। उक्त युद्धका कारण युक्रेन छोडेर भाग्नेहरुको संख्या २० लाख नाघिसकेको छ। त्यसमध्ये करिब आठ लाख बा’लबा’लिका रहेको सेभ द चि’ल्ड्रेनले बताएको छ।
“युक्रेन छोडेका आधाभन्दा बढी शरणार्थीहरू पोल्यान्ड पुगेका छन्। त्यसबाहेक हंगेरी र स्लोभाकिया पनि युक्रेनीहरुको संख्या बढिरहेको छ। युक्रेनमा रुसी सैनिकहरूको कारबाहीका विषयमा जारी गरिएका नक्सा हेर्दा रुसले निर्णायक विजय पाउनै लागेको देखिएको छ।’
“रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनको राजधानी किएभलाई दुई दिनमा क’ब्जा गर्ने योजना बनाएको अमेरिकी गुप्तचर निकाय सीआईएका प्रमुख विलियम बर्न्सले बताएका छन्। संसदीय सुनुवाइको क्रममा बोल्दै बर्न्सले अमेरिकी सांसदहरूलाई ‘पुटिन आक्रोशित र हतास रहेको बताएका हुन्। तर, रुसले आ’क्र’मणको १३औं दिनसम्म पनि युक्रेनको राजधानी किएभलाई नियन्त्रणमा लिन सकेका छन्।”
“यद्यपि, युक्रेनको राजधानी किएभको उत्तरपूर्वी भागमा रुसी सेनाले दुईवटा पकेट एरिया तयार पारेको छ। त्यस्ता, चारवटा पकेट एरिया बनाउने रुसको योजना छ। यता, पश्चिमबाट किएभ जाने कम्तीमा तीनवटा प्रमुख सडकहरूमा युक्रेनी पहुँचलाई रुसी सैनिकहरुले काटिसकेको छ।”
“यसका साथै सुमी प्रान्तलाई रुसले लगभग घेराबन्दी गरिसकेको छ। लुहान्स्कलाई रुसले लगभग आफ्नो नियन्त्रणमा लिइसकेको छ। युक्रेनी सेनाको अधिकांश इकाइलाई रुसले बेकामे बनाउन सक्ने देखिन्छ। युक्रेनीहरू पश्चिमतर्फ भाग्न नसक्ने गरी घेराबन्दी भइरहेका छन्।”
“यसबीचमा रुस र युक्रेनबीच तेस्रोपटक वार्ता भइसकेको छ। तर, रुस र युक्रेनबीच शान्तिवार्ता चुनौतीपूर्ण देखिएको छ। अहिलेसम्म भएका वार्तामा कुनै सहमति हुन सकेको छैन। यसैबीच युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसी आक्रमणको डटेर सामना’ गर्ने बताएका छन्। उनले रुसी सैनिकहरूलाई युक्रेनको भू–भाग छाडेर नगए महंगो मूल्य चुकाउनुपर्ने चेतावनी दिरहेका छन्।”
“बुधबार पनि उनले उक्त चेतावनीलाई दोहोर्याएका छन्। उनले रुसी सैनिकलाई भनेका छन्,‘तिमीहरूसँग अझै बाँच्ने मौका छ।’ हुन त महत्त्वपूर्ण सहरहरूमा प्रतिरक्षालाई जोड दिने युक्रेनको ‘रक्षात्मक रणनीति छ। त्यसो गर्दा रुसी सेनाको अग्रगमनलाई रोक्न सकिन्छ भन्ने विश्वास राष्ट्रपति जेलेन्स्कीमा देखिएको छ।”
“यससँगै युक्रेनले आफ्नो आकाशमाथि ‘नो फ्लाई जोन’ लागू गर्न र रुसमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाएर आफूलाई थप समर्थन गर्न अपील पनि गरिरहेको छ। राष्ट्रपति जेलेन्स्कीले बुधबार पनि युक्रेनमा ‘नो फ्लाई जोन’ लागू गर्न दोहोर्याएर’ आह्वान गरेका छन्। सैन्य भाषामा ‘नो फ्लाई जोन’ भन्नाले यु द्ध वा निगरानीलाई रोक्न भन्ने बुझिन्छ। ‘नो फ्लाई जोन’ लागू गरेपछि कुनै पनि विमान त्यस क्षेत्रमा प्रवेश गर्न सक्दैन।”
“यसअघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ‘नो फ्लाई जोन’ घोषणा नगरेकोमा नेटोको आलोचना गरेका थिए। उनले यसलाई कमजोरी र एकताको अभाव भनेका थिए। तर, यसले अन्य देशहरूमा युद्धको जोखिम बढाउन सक्ने नेटोले जनाएको छ। तर, रुसी राष्ट्रपति’ भ्लादिमिर पुटिन पनि नेटोले युक्रेनमा ‘नो फ्लाई जोन’ लागू गरे उसलाई शत्रुसरह व्यवहार गर्ने बताइसकेका छन्। उनले भनेका छन्,‘युक्रेनमा ‘नो फ्लाई जोन’ लागू गर्ने कुनै पनि देशलाई युक्रेन यु द्धमा सं लग्न मानिने छ।’
“यता, रुसी विदेशमन्त्री ‘सर्गेई लाभ्रोभ र युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाबीच टर्कीमा भेट हुन लागे छ। रुसी अधिकारीहरुका अनुसार फेब्रुअरी २४ मा युक्रेनमा रुसले युद्ध सुरु गरेपछि उनीहरूबीच हुने लागेको यो पहिलो बैठक हो। लाभ्रोभ एउटा अन्तर्राष्ट्रिय कूटनीतिक मञ्चमा सहभागी हुन टर्की जान लागेका हुन्। टर्कीमा रहँदा नै उनको कुलेबासँग’ भेट्ने योजना बनाएका छन्।”
“अहिलेसम्म उक्त बैठक बिहीबार हुने बताइएको छ। रुसले उक्त बैठकमा पनि युक्रेनी अधिकारीहरु समक्ष नेटोमा सहभागीता नहुने, सेना कटौती गर्ने, पश्चिमा देशहरुबाट हा तह ति यार आयात नगर्ने र रुसी मामिलामा तटस्थ बस्ने जस्ता मागहरु’ अघि सार्ने संकेत दिसकेको छ। तर, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसी सैनिकलाई दिएको चेतावनीले भने युक्रेन रुसको मागहरु मान्न तयार नरहेको देखिन्छ। यसले दुई देशबीच जारी रहेको यु द्ध तत्कालै नरोकिने संकेत| देखाएको छ।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)