खानेपानी मन्त्रालयमा एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाण देखाउनुस्,अहिले नै म राजीना’मा दिन्छु ! मन्त्री बिना मगर
2020, December 14th, Monday

admin

काठमाडौं – खानेपानी मन्त्री बिना मगरले आफ्नो मन्त्रालयमा एक रुपैयाँ पनि भ्रष्टाचार नभएको दाबी गरेकी छिन् । उनले यदि भ्रष्टाचार भएको प्रमाण भेटिए आफूले पदबाट राजीनामा दिने पनि बताएकी छिन् ।

आज बिहान सामाजिक सञ्जाल ट्विटर मार्फत मन्त्री मगरले भ्रष्टाचार नगर्ने र देश समृद्ध बनाएरै छाड्ने बताएकी छिन् ।

आज म प्रतिज्ञा गर्छु- खानेपानी मन्त्रालयमा एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाण देखाउनुस्, म राजीनामा दिन्छु । देश समृद्ध बनाएरै छाड्छौं, मन्त्री मगरले लेखेकी छिन् ।

उनको ट्वीटमा विभिन्न प्रतिक्रिया आइरहेका छन् । कतिले खानेपानी मन्त्रालय पनि भ्रष्टाचारको भुमरीमा परेको भन्दै आक्रोश व्यक्त गरेका छन्

तपाईको प्रतिक्रिया