नारायणकाजिको छविमा दाग लाग्ने गरि प्रचार भयो ,यस्को पछि कोइ पनि नलाग्नु! – अध्यक्ष प्रचण्ड
2020, December 14th, Monday

admin

काठमाडौं,। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रवक्ता नारायणकाजी श्रेष्ठको बदनाम गर्ने गरी नकारात्मक प्रचार भएको बताउनुभएको छ ।

आइतबार (आज) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले कमान सिं लामा र हाइड्रोपावरको विवादमा पार्टी प्रवक्ता श्रेष्ठलाई जोडेर अनावश्यक रुपमा प्रचार भएको बताउनुभएको हो ।

अध्यक्ष दाहालले पार्टी प्रवक्ता श्रेष्ठसँग स्वर्गीय कमान सिं लामाको आर्थिक लेनदेनको बिषयलाई जोडेर नकारात्मक प्रचार भएको बताउँदै बदनाम गराउने उद्देश्यले भएका यस्ता प्रचारको पछि नलाग्न आग्रह पनि गर्नुभएको छ।

प्रवक्ता श्रेष्ठमाथि लगाइएको आरोपमा नेतृत्व गम्भीर हुनुपर्ने उहाँको जिकिर छ । यसैक्रममा उहाँले उनकी स्वकीय सचिव सुशन कर्माचार्यको पनि बचाऊ गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया