“अष्ट्रेलियन क्रिकेटर शेन वार्नको, निधन”
2022, March 4th, Friday

हाम्रोखबर संवाददाता

इलाम । विश्व क्रिकेटका महान क्रिकेटर शेन वार्नको हृदयघातका कारण निधन भएको छ । अष्ट्रेलियकाका पूर्व क्रिकेटर शेन वार्न यतिवेला छुट्टी मनाउन थाईलेन्डमा गएका थिए । उनको त्यही निधन भएको जनाइएको छ ।”

“उनको शुक्रबार ५२ वर्षको उमेरमा निधन भएको हो । विश्व क्रिकेटका माहान स्पिन बलर शेन वार्नले १९९२ मा आफ्नो अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला राखेका थिए ।”

“उनको नामा टेष्ट क्रिकेटमा ७०८ विकेट रहेको छ, भने एक दिवसीय क्रिकेटमा २९३ विकेट रहेको छ ।

“यो पनि :-“बूढानीलकण्ठबाट सम्पर्कविहीन, भएका तीन बा’लिका मसाज सेन्टरमा भेटिए’

काठमाण्डाै – काठमाण्डौको बूढानीलकण्ठबाट सम्पर्कविहीन भएका तीन बा’लिका मसाज सेन्टरमा भेटिएका छन्।

‘यही १६ गएकाे विद्यालय जान भनी घरबाट निस्किएका उनीहरू काठमाण्डौको बौद्धमा रहेकाे एक मसाज सेन्टरमा काम गर्दै गरेको अवस्थामा फेला परेका महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ।’

‘बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलमा रहेकाे बसपार्क नजिकै डेरा गरी बस्ने उनीहरू स्थानीय एक विद्यालयमा कक्षा–७ मा अध्ययनरत छन् । फागुन १६ गते बिहान ९ बजे विद्यालय जाने भनी कोठाबाट निस्किएका बालिका घर नफर्किएपछि आफन्तले खोजीका लागि प्रहरीमा जाहेरी दिएका थिए।’

‘जाहेरीका आधारमा प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरीले बौद्धमा रहेकाे ग्रीन साइन मोर्गन मसाज सेन्टरमा काम गरिरहेको अवस्थामा फेला पारी आफन्तको जिम्मा लगाएको परिसरले आज एक सूचना जारी गरी जनाएको छ।’

‘घटनाको सम्बन्धमा’ प्रभागबाट थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ।’

तपाईको प्रतिक्रिया