कालाकार मनोज गजुरेल को बिहेको हल्ला चलिरहदा उनकी पुर्व पत्नी मिना ढकाल भन्छिन- “छि छि अन्तिम निर्णय हो भने,अती नै गलत र गैरजिम्मेवार पुर्ण निर्णय हो”
2020, December 11th, Friday

admin

काठमाडौ । हास्य कलाकार मनोज गजुरेलको पनि बिहे हुने भएपछि उनकी पूर्व पत्निले मनोज गजुरेललाई दनक दिएकी छिन् ।

उनको पहिलेको बिहे सफल नभएपछि मनोज र उनकी श्रीमति अलग बस्दै आएका थिए । मनोजले बिहे गर्ने थाहा पाएपछि मिना ढकालले फेसबुकमा आफ्ना भावना ब्यब्त गरेकी छिन् ।

मिनाले पछिल्लो फेसबुक स्टाटसमा लेखिन्, ‘छि छि अन्तिम निर्णय हो भने,अती नै गलत र गैरजिम्मेवार पुर्ण निर्णय हुनेछ ।

कलिला भर्खर हुर्किदै गरेका साना छोराछोरी माथी अन्याय हुन्छ फेरि त्यही चार भित्ता भित्र । सधै गलत निर्णय लिदै गर्दा समाज, छिमेकमा शिर ठाडो पारि बाच्न गार्हो हुन्न र ? खोक्रो आडम्बर ।’

गजुरेलले आफूले बिहे गर्न लागेको सत्य भएको बताए । उनले केटीको बारेमा थप खुलाउन भने चाहेनन् । अहिले तयारी भै रहेकाले सबै भन्न नमिल्ले भन्दै गजुरेलले समय आएपछि आफै पर्दा खुल्दै जाने बताए । उनले निकट भविश्यमै केटीको बारेमा कुरा सार्वजनिक गर्ने बताए ।

२०५३ सालमा प्रेम विवाह गरेका मनोज गजुरेल र मिना ढकाल कानूनी रुपमा अलग भएपछि एक अर्का प्रति आरोप लगाउने गरेका थिए

मनोजलाई पछिल्लो समय कोरोना भएपछि भने मिनाले निकै भावुक स्टाटस लेखेकी थिइन् । मनोज र मीनाको एक छोरा र एक छोरी रहेका छन् भने दुबै गजुरेलसँगै बस्दै आएका छन् ।

तपाईको प्रतिक्रिया