“के समिक्षाको, चरित्र मा खोट छ ? समीक्षा आफै लाईभमा आएर, यस्तो भनेकी रहेछिन !,
2022, February 24th, Thursday

हाम्रोखबर संवाददाता

“अभिनेता पल शाहविरुद्ध गायक दुर्गेश थापाले रचेको कडा षड्यन्त्रको अडियो बाहिरिएसँगै फेरी पल समिक्षा स्क्याण्डल उत्कर्षमा पुगेको छ । गायक दुर्गेश थापा, सरोज ओली, सम्राट चौलागाईं र कृष्ण जोशीले पल विरुद्ध बुनेको योजनाको अडियोका कारण विबादित दुर्गेश थप विबादमा तानिएका छन् ।

“पछिल्लो समय अभिनेता पल शाह चर्चाको केन्द्रमा छन् । उनको चर्चाको बिषयमा फिल्म, म्युजिक भिडियो अभिनयदेखि प्रेम र रोमान्स बन्ने गरेको छ । अभिनयको कुरा गर्ने हो भने उनका दैनिकजस्तो एक म्युजिक भिडियो सार्वजनिक हुने गरेका छन् । फिल्म भने उनको ‘म यस्तो गीत गाउँछु’ केही दिनपछि अर्थात १३ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्म तथा म्युजिक भिडियोका कारणले उनी दैनिक जसो मिडिया अन्तर्वार्तामा पुग्छन् ।

“उनी जहाँ पुग्छन्, त्यहाँ उनको र गायिका समिक्षा अधिकारीको सम्बन्धको प्रश्न तेर्सिने गरेको छ । त्यसैले क्रेज बढाउने उदेश्यले मिडिया पुग्ने उनलाई खस्किएको क्रेज जोगाउनै धौ धौ छ । पल र समीक्षाको चर्चा गर्दा केही अगाडि अथार्त गत कात्र्तिकमा फर्किनुपर्ने हुन्छ ।

“सो समय पल र समीक्षाबीच अन्तरङ्ग सम्बन्ध रहेको गसिफको आ’गो मिडियामा बोलेको थियो । उक्त आगो केही मत्थर पार्ने काम समीक्षाले गरेकी थिइन् । उनले सो समय भनेकी थिइन्, ‘पल आफ्नो अभिभावक हो ।’

“यसैबीच उनी पोखर पुगिन् । पल पनि आफ्ना नजिकका साथीभाइ र पत्रकार लिएर पोखरा पुगेको र सम्झाएको गसिफ मिडियामा छाए । शनिबार भने पल र समीक्षा फरक टेलिभिजनको अन्तर्वार्तामा प्रस्तुत भए । उनीहरुको अन्तर्वार्ताको उदेश्य दुबै टेलिभिजनको पल र समीक्षा बीचको गसिफको रहस्य बाहिर ल्याउनु थियो । तर त्यो रहस्य भने बाहिर आएन ।”

तपाईको प्रतिक्रिया