अब सरकारले भुमी बिहिन जनतलाइलाइ जमिनको मालिक बानाउछ! खानेपानी मन्त्री बिना मगर, ताली या गाली ?
2020, December 10th, Thursday

admin

कञ्चनपुर, । खानेपानी मन्त्री बिना मगरले कम्यूनिष्ट सरकारले नै भूमिहीन जनतालाई जमिनको मालिक बनाउन योजना अघि सारेको बताएकी छन् ।

बिहीबार कञ्चनपुरस्थित बेलडाँडी गाँउपालिका प्रशासनिक भवनको उद्घाटन गर्दै मन्त्री मगरले जनतालाई जमिनको मालिक बनाउन सरकारले कार्य अघि बढाएको बताएकी हुन् ।

मन्त्री मगरले सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा दिने तयारी गरिरहेको बताइन । ‘हामी कम्यूनिष्टले चुनावका बेला जनतासंग भूमिहीन, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा दिलाउँछौँ भनेका थियौं । अब त्यो कार्य कम्यूनिष्ट नेतृत्वको सरकारले पूरा गर्छ ।’

बर्षौंदेखि जमिन नभएका, भूमिहीन र भूमि भएर पनि स्वामित्व लिन नसकेका जनतालाई कम्यूनिष्ट नेतृत्वको सरकारले जमिनको मालिक बनाउने बताइन । ‘जनता अब जमिनमा मालिक बन्छन्, उनले भनिन, ‘यही सरकारले जनतालाई भूमिको मालिक बनाउँछ ।’

मन्त्री मगरले त्यसका लागि संघीय सरकारले पहिलो चरणमा देशभरीका सय पालिकासंग सम्झौताको कार्य अघि बढाइरहेको बताउँदै कञ्चनपुरको बेलडाँडी गाँउपालिका सहितका पालिका त्यसमा समाबेश गरिएको बताइन ।

आरक्ष पीडितको समस्या समाधान गर्ने प्रतिबद्धता :

मन्त्री मगरले कञ्चनपुरको आरक्षपीडितको समस्या पनि कम्यूनिष्ट नेतृत्वकै सरकारले समाधान गर्ने प्रतिबद्धता जाहेर गरेकी छन् । ‘हामी आरक्ष पीडितको समस्यामा जानकार छौँ, ‘उनले भनिन्, ‘पटक पटक पीडितसंगै म आफू र वनमन्त्री, भूमिसुधारमन्त्रीले समेत प्रत्यक्ष भेटेरै समस्या बुझेका छौँ ।’

आरक्ष पीडितको समस्या समाधान हुने उनले प्रण गरिन् । मन्त्री मगरले निर्वाचन क्षेत्र सहित कञ्चनपुरको सम्बृद्धि र विकासका लागि प्रतिबद्ध रहेको बताउदै क्षेत्रको एकिकृत दिगो विकास र सम्बृद्धिका लागि तीनै सरकारले योजना अघि सारेको बताइन ।

‘अब निर्वाचन क्षेत्र नम्बर १ हिलोधुलोमुक्त हुन्छ, ‘मन्त्री मगरले भनिन, ‘यस अघि यस निर्वाचन क्षेत्रमा ग्राभिलिङ्ग समेत देख्न पाईदैन्थ्यो । अब सडक स्तरमा हामी तिनै तह लागि परेका छौँ ।’

मन्त्री मगरले बेलडाँडीको कालिकिच ताल सहितको विकासका लागि योजना अघि सारिरहेको समेत बताएकी छन्

दीगो विकास र सम्बृद्धिका लागि प्रतिबद्ध :

खानेपानीमन्त्री बिना मगरले निर्वाचन क्षेत्रको विकासका लागि योजनाबद्ध ढङगबाट अघि बढेको बताइन् । मन्त्री मगरले क्षेत्रको समग्र दीगो विकास र सम्बृद्धिका लागि आफू प्रतिबद्ध रहेको बताएकी हुन् ।

मन्त्री मगरले आफूले चुनावका बेला जनतासंग गरेका बाचा पूरा गर्ने र गरिरहेको समेत बताइन । ‘हिलो, धुलोयुक्त रहेको निर्वाचन क्षेत्र नम्बर १ को समग्र स्तरबृद्धिका लागि संघीय सरकारका तर्फबाट पहल गर्छुू, ‘मन्त्री मगरले भनिन, ‘तीनै तहका सरकारबाट काम भइरहेका छन ।’

तपाईको प्रतिक्रिया