“नेपालकाे विश्व कप, खेल्ने सपना, अपूरै, यूएईसँग ६८ रनले, पराजित”
2022, February 22nd, Tuesday

हाम्रोखबर संवाददाता

काठमाण्डाै – नेपालकाे आईसीसी टी–२० विश्व कप क्रिकेट खेल्ने सपना अपूरै रहेकाे छ । आज मङ्गलवार भएकाे आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोटकाे सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग ६८ रनले हारेसँगै नेपालकाे सपना अपूरै रहेकाे हाे ।”

“अल अमिरात क्रिकेट मैदानमा ओमानले दिएकाे एक सय ७६ रनकाे लक्ष्य पछ्याएकाे नेपाल १८ ओभर ४ बलमा एक सय सात रन मात्र बनाउन सक्याे । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३८ र ज्ञानेन्द्र मल्लले २० रन बनाएपछि अन्य खेलाडीले राम्राे अङ्कमा रन बनाउन सकेनन् ।”

“बलिङतर्फ यूएईका अहमद राजाले पाँच विकेट लिए । उनी चार ओभरमा १९ रन दिँदै पाँच विकेट लिन सफल भए । यस्तै जुनाइद सिद्दिकीले तीन विकेट लिए ।”

“यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७५ रन बनायाे । यूएईका लागि मुहम्मद वसीमले ७० र विर्त्या अरविन्दले ४६ रन बनाए ।”

“बलिङतर्फ नेपालका लागि जितेन्द्र मुखिया र अविनाश बाेहराले तीन–तीन विकेट लिए । यस्तै कप्तान सन्दीप लामिछानेले एक विकेट लिए । ”

“आजको सेमिफाइनलमा यूएईलाई हराउन सके नेपालले आउँदाे अक्टोबर/नोभेम्बरमा अस्ट्रेलियामा हुने टी–२० विश्व कप क्रिकेट खेल्न पाउने थियाे । । नेपाल समूह ‘बी’ को विजेता र यूएई समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका थिए ।”

“यसअघि सन् २०१४ मा नेपालले पहिलो पटक टी–२० विश्व कप क्रिकेट खेलेकाे थियाे । त्यसयता खेलेको चार वटा टी–२० विश्व कप छनोटमा नेपाल असफल हुँदै आएको छ ।”

तपाईको प्रतिक्रिया