“यूएईले दियाे, नेपाल,लाई १ सय ७६ रनकाे लक्ष्य”
2022, February 22nd, Tuesday

हाम्रोखबर संवाददाता

“काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोटकाे सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई एक सय ७६ रनकाे लक्ष्य दिएकाे छ ।”

“अल अमिरात मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७५ रन बनायाे । यूएईका लागि मुहम्मद वसीमले ७० र भिर्त्या अरविन्दले ४६ रन बनाए ।

“बलिङतर्फ नेपालका लागि जितेन्द्र मुखिया र अविनाश बाेहराले तीन–तीन विकेट लिए । यस्तै कप्तान सन्दीप लामिछानेले एक विकेट लिए ।”

“आजको सेमिफाइनलमा यूएईलाई हराउन सके नेपालले आउँदाे अक्टोबर/नोभेम्बरमा अस्ट्रेलियामा हुने टी–२० विश्व कप क्रिकेट खेल्न पाउनेछ । नेपाल समूह ‘बी’ को विजेता र यूएई समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।

तपाईको प्रतिक्रिया