हाम्रोखबर संवाददाता 51 Views
“नेपाल आइसिसी टी-२० विश्वकप छनोटको सेमिफाइनलमा पुगेको छ। समूह-१ का तीनै खेल जित्दै नेपाल अन्तिम चारमा पुगेको हो।अब नेपालले भोलि हुने सेमिफाइनलमा युएईसँग प्रतिस्पर्धा गर्नेछ। युएईलाई हराउन सके नेपाल अगामी अक्टोबरमा अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा पुग्नेछ।”
“सोमबार लगातार तेस्रो जित निकाल्ने क्रममा नेपालले क्यानडालाई ८ विकेटले पराजित गरेको थियो। नेपालको जितमा कप्तान सन्दीप लामिछानेले ३ विकेट लिएका थिए। यो प्रदर्शनको आधारमा सन्दीप प्लेयर अफ दि म्याच भए। प्लेयर अफ दि म्याच भएपछि सन्दीपले सेमिफाइनलमा पुग्नका लागि गरेको मिहिनेत सफल भएको बताए।”
“हामीले सेमिफाइनल पुग्नका लागि मिहिनेत गरिरहेका थियौं। अब भोलि एउटा अर्को प्रयास बाँकी छ। भोलिको खेलमा जसले दबाब झेल्न सक्छ त्यहीँ विजेता बन्नेछ,’ सन्दीपले भने, ‘अहिलेसम्म शतप्रतिशत दिइरहेका छौं। भोलि पनि आफ्नो जिउ-ज्यान लगाएर नेपाललाई विश्वपकमा पुर्याउने आशा छ।”
“उनले दुई सातादेखि ओमानमा खेलिरहेकाले भोलिको खेलमा राम्रो खेल्ने आशा व्यक्त गरे। उनले प्रतियोगितामा बलरले उत्कृष्ट प्रदर्शन गरेकाले आफूलाई सजिलो भएको बताए।”
“सबै जना लयमा हुँदा राम्रो लागेको छ। हामी भोलिको खेलमा पनि गुड इफोर्ट लगाउने छौं। यो प्रतियोगितामा मलाई एकदमै सजिलो भएको छ। किनभने बलरले राम्रो प्रदर्शन गरिरहेका छन्। चाडै विकेट लिन सफल भएका छौं,’ उनले भने।”
“नेपालले समूह चरणकोपहिलो खेलमा ओमानमाथि ३९ रनको रोमाञ्चक जित हात पारेको थियो। दोस्रो खेलमा फिलिपिन्सलाई १३६ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।”
“नेपाल र युएईबीच भोलि अपरान्ह ३:४५ बजे अल अमेरतमा प्रतिस्पर्धा हुनेछ। अर्को सेमिफाइनलमा आयरल्यान्ड र ओमानबीच भिडन्त हुनेछ। दुवै सेमिफाइनलका विजेता टी-२० विश्वकपमा पुग्नेछन्।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)