“टी–२० विश्व कप क्रिकेट, ग्लोबल छनोट : ओमानसँगको खेलमा, नेपाल ब्याटिङमा”
2022, February 18th, Friday

हाम्रोखबर संवाददाता

“काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोटमा ओमानसँगको खेलमा नेपालले पहिला ब्याटिङ थालेको छ ।”

“ओमानको अल अमिरात क्रिकेट मैदानमा टस हारेर नेपालले ब्याटिङ थालेको हो । यसअघि ओमानमा भएको चार देशीय टी–२० श्रृङ्खलामा नेपालले ओमानलाई हराएको थियो । तर यूएई र आयरल्यान्डसँग पराजित भएको थियो । ग्लोबल छनोटमा आठ देश सहभागी छन् “।

“आठ देशलाई दुई वटा समूहमा विभाजन गरिएको छ । आयरल्यान्ड, यूएई, बहराइन र जमर्नी समूह ‘ए’ मा र नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह ‘बी’ छन् । दुई समूहबाट शीर्ष दुई/दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । ग्लोबल छनोटबाट फाइनलमा पुग्ने दुई टोलीले आउँदो अक्टोबरमा अस्ट्रेलियामा हुने टी–२० विश्व कप क्रिकेट खेल्नेछन् ।”

“नेपालले टी–२० वरीयताको आधारमा सिधै ग्लोबल छनोटमा स्थान बनाएको हो । नेपाल टी–२० वरीयतामा १३औँ स्थानमा छ । नेपालले यसअघि सन् २०१४ मा पहिलो पटक टी–२० विश्व कप खेलेको थियो । नेपालले भोलि फिलिपिन्ससँग खेल्नेछ ।”

तपाईको प्रतिक्रिया