प्रधानमन्त्रीको प्रेस सल्लाहकार “सुर्य थापा” लाई पद बाट हटाउन संसदरुको माग! ताली या गाली ?
2020, December 6th, Sunday

admin

काठमाडौं– सत्तारुढ दल नेपाल क’म्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले पार्टीमा देखिएका विवादको निरुपणका लागि सबै प्रस्तावहरू स्थायी कमिटीमा लैजाने निर्णय गरेको छ।प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार ३ घ’ण्टा बसेको बैठकपछि संचारकर्मीसंग कुरा गर्दै प्र’वक्ता नारायणकाजी श्रेष्ठले यस्तो जानकारी दिएका हुन् ।

आजको बैठकमा पनि नेताहरूबीच चर्काचर्की भएको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मैले दु’वै पद छा’ड्दिन, बहुमतको निर्णय पनि मान्दिन भनेपछि नेताहरूले र्याखर्याख्ती पारेका थिए ।

स्रोतका अनुसार बैठकमा प्र’धानमन्त्री ओली’को सचि’वालयको बिषयमा पनि गम्भीर आरोप ल’गाइएको थियो ।

पार्टी उपाध्यक्ष समेत रहेका वा’मदेव गौतमले प्र’धानमन्त्री ओलीलाई प्रेस सल्लाहकार सूर्य थापालाई पदबाट हटाउन चेतावनी समेत दिएका थिए ।गौतमले पार्टीको हित विपरित काम गरेको भन्दै थापालाई प्रेस सल्लाहका’रबाट हटा’उन आ’ग्रह गरेका हुन ।

गौतमले बैठ’कमा भने, ‘प्रधा’नमन्त्रीले सूर्य थापा’लाई कार’वाही गर्नुस्, उनले प्रशंसा गरे’जस्तो गरेर सि’ध्याइदिन्छन्, अनी थाहा पाउनुहोला ।’त्यस्तै पूर्वप्रधानमन्त्री एवं बरिष्ठ नेता झल’नाथ खनालले ओली पक्षले गोर’खापत्र दैनिकको समेत दुरुपयोग गरि’रहेको आरो’प लगाएका थिए ।

उनले बैठकमा भने, ‘गोर’खापत्र केपी ओली गुटको मुखपत्र भएको छ, राष्ट्रको स्रोतसाधन यसरी दुरुपयोग गर्न पाइँदैन।’हिमालपोष्टबाट

तपाईको प्रतिक्रिया