हाम्रो कर बाट पालिएका संसद हरु अति नै धेरै भए ! यो कटौती नगरे सम्म देश बिकास हुनेवाला छैन! डा.रुइत ताली या गाली ?
2020, December 5th, Saturday

admin

काठमाडौ ।“नेपालमा सबै क्षेत्रलाई यसरी राजनीतिकरण गरियो कि यसले जनतालाई कहिले पनि फलिफाप दिएन । प्रजातन्त्रबाट फलिफाप पाउनको लागि नेपालको हरेक क्षेत्रमा भईरहेको अति राजनैतिककरण रोकिन जरुरि छ नत्र प्रजातन्त्रको कुनै अर्थ देखिदैन । प्रजातन्त्रको अर्थ लोककल्याणकारी राज्य सत्ता भनिन्छ तर नेपालको प्रजातन्त्रले खै लोककल्याणकारी काम गरेको ? नेपालमा चाहिने भन्दा धेरै राजनीतिज्ञहरु पो भए कि ! राजनीतिज्ञहरुको संख्या आधि मात्र या एक चौथाई मात्रै भए पनि पुग्छ कि ? यो संख्या घटाएर सबै जनाले कुनै एक इलमयुक्त काम किन नगर्ने ? हामीले तिरेको करबाट पालिने सांसदहरु र प्रदेशहरुको संख्या धेरै भएको देखिन्छ यसलाई घटाएर खर्च कम गराउने बारे अब हामीले किन प्रश्न नगर्ने ?”

यी माथिका शब्दहरु कुनै राजनैतिक विश्लेषकको होइन , यी विचारहरु हुन् विख्यात नेपाली डाक्टर ‘दृश्यका देवता’ (गड अफ साइट) सन्दुक रुइतको । अतिराजनीतिकरणले आजित नागरिकलाई सन्दुक रुइतको सन्देश हो यी माथिका भनाईहरु ।

एपिवानको लागि पत्रकार टीकाराम यात्रीले रुइतसङ्ग गरेको कुराकानीको क्रममा तलको भिडियोको ३५ मिनेट पछि देशको राजनैतिक बिषयमा गरिएको कुराकानीमा हेर्न सकिन्छ ।

डाक्टर सन्दुक रुइत जसले आपनै हातले एक लाखभन्दा बढीको मोतियाबिन्दु शल्यक्रिया गरेका रुइतलाई‘दृश्यका देवता’ (गड अफ साइट) भनेर चिनिन्छ ।ताप्लेजुङको ओलाङचुगोलामा सन् १९५४ सेप्टेम्बर ४ तारिखका दिन बुवा सोनाम रुइत र आमा केसाङ रुइत सन्तानका रुपमा जन्मिएका रुईतका श्रीमती नन्दा रुइत हुन् ।

रुईतका पिताले पुर्ख्यौली तिब्बती गाउँ रुथोकको सम्झनामा रुइत थर थपेका । तिब्बती भाषामा सन्दुकको अर्थ आकाशको ड्र्यागन भन्ने हुन्छ ।

झाडापखालाले दाजु र ज्वरोले बहिनीको मृत्यु, काठमाडौंमै सन्दुकसँगै बसेर पढिरहेकी बहिनी याङ्लाको क्षयरोग बल्झेर निधन/ बहिनी याङ्लाबाटै डाक्टर बन्ने प्रेरणा पाएका रुइतले सातवर्षको उमेरमा सेन्ट रोबर्टस् स्कुल दार्जिलिङमा भर्ना भएर पढाईलाई अघि बढाएका हुन् ।

भारत र चीनबीच युद्ध भएकाले स्कुल बन्द भएपछि काठमाडौंको सिद्धार्थ वनस्थली स्कुल भर्नामा कक्षा ७ बाट सिधै ९ कक्षामा फड्को मारेकाले सन् १९७० मा प्रथम श्रेणीमा एसएलसी पास गरेका हुन् ।

त्रीचन्द्रमा आइएस्सी सकेर भारतको लखनउस्थित किङ जर्ज्स मेडिकल युनिभर्सिटीबाट एमबीबीएस र अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)बाट एमडी सकेका छन ।

२० वर्षे डेराबासपछि सन् २००९ मा स्वयम्भूको आसपास दुईतले घर किनेका डा. रुइतले प्राइभेट प्राक्टिसभन्दा निःशुल्क आँखा शिविर चलाउन गाउँबस्ती धाउने यी चिकित्सकले घर किन्न पनि थाप्लोमा ऋणको भारी बोक्नुपर्‍यो ।

रुइतले रोक्दा रोक्दै पनि दुई छोराछोरी सागर र सटेन्लाले पिताकै पदचाप पछ्याएका छन् । अर्की छोरी सेरब्लाले व्यवसायमा हात हालेकी छन् । संगीत र किताबका सोखिन डा. रुइत आफ्नो प्रमुख शक्ति नै परिवारलाई मान्छन्

कार्यानुभव र आवद्धता – वीर अस्पतालमा ‘जनरल फिजिसियन’का रूपमा तीन वर्ष साथै त्रिपुरेश्वर आँखा अस्पतालमा आठ वर्ष सेवा गरेपछि १९८७ मा थप अध्ययनका लागि अस्ट्रेलिया पुगेका हुन् ।

आँखा अस्पतालको सपनाः १९९४ जुनमा तिलगंगा आँखा केन्द्र अस्पतालको स्थापना अस्पताल निर्माणमा अस्ट्रेलियाका डा.हलोजले साथ, अस्ट्रेलियास्थित फ्रेड हलोज फाउन्डेसन, नेपालका समाजसेवी तथा साहित्यकार जगदीश घिमिरे, कलाकार मदनकृष्ण-हरिवंश, उद्यमी रवीन्द्र श्रेष्ठ, सुहृत घिमिरे, उद्योगपति दिवाकर गोल्छा, सगरमाथा आरोही शम्भु तामाङ र डा.रीता गुरुङलगायतले साथ दिएपछि अस्पताल खोल्ने सपना पूरा भयो । अहिले तिलगंगा अस्पताल मानव संसाधन तालिम केन्द्रको रुपमा स्थापित ।

उपाधि र पुरस्कार – भारतको लखनउस्थित किङ जर्ज्स मेडिकल युनिभर्सिटीमा एमबीबीएस पढ्दा शल्यक्रियामा गोल्ड मेडल, रमन म्याग्सेसे पुरस्कार – सन् २००६, भारत सरकारद्वारा पद्मश्री पुरस्कार – सन् २०१८, भुटानमा अन्धोपन निवारणसँगै सयौ व्यक्तिको दृष्टि फर्काउन विशेष योगदान पुर्‍याएबापत २०७२ सालमा भुटानको उच्च सम्मान ‘नेसनल अर्डर अफ मेरिट गोल्ड’ बाट सम्मानित, प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार – नेपाल सरकार २०७५, सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) मानपदवी २०७६

उपलब्धि- विश्वमा अधिकाँश विकासोन्मुख देशहरूमा गएर सेवा, बिश्वविख्यात सरल र कम लागतको मोतिबिन्दुको चिकित्सा पद्धति ‘रुईतेक्टोमी’का प्रवर्त्तक।

उत्तर कोरियामा गरेको कामलाई लिएर नेशनल जियोग्राफिकमा वृत्तचित्र प्रशारित । नेपालका गाउँ गाउँमा मोतियाविन्दुको उपचारमा गरेका कामलाई लिएर अलजजिरा, सिएनन लगायतमा वृत्त चित्र र फिचर प्रशारित ।

सन्दुकले बदलेको मानसिकता– दाताहरूको मुख ताक्नुभन्दा सस्तो मूल्यमा आफैं लेन्स बनाउने हाइटेक कारखाना, ससाना जादुमय टुक्रा लेन्स नेपालमा प्रतिवर्ष पाँच लाख बन्छन् र विश्वका ७० देशमा बिक्री हुन्छन् । तिलगंगाले बनाएको आँखाको कुनामा हालिने पातलो लेन्सको मूल्य जम्मा चार डलर छ । यस्को उत्पादन तीन गुना बढाउने सन्दुकको योजना छ

प्रोफेसर एलेन रोबिन यथास्थितिलाई सकार्न इन्कार गर्ने अर्का स्टिभ जब्सको जस्तै मान्छन् डा. रुइतलाई ।

मोतियाबिन्दुको शल्यक्रिया गरी आँखाभित्रै लेन्स प्रत्यारोपण गरेर नेत्रज्योति फर्काउने सरल चिकित्सा विधि हेनरी फोर्डले अमेरिकामा मोटरगाडी बनाएजस्तै मान्छन् अस्ट्रेलियाली नेत्र विशेषज्ञ ग्यारी ब्रायन ।

तपाईको प्रतिक्रिया