admin 755 Views
चितवन । गणतन्त्रात्मक शासन पद्धति विरुद्ध सर्वसाधरण सडकमा उत्रिएका छन् । राष्ट्रवादी नागरिक समाज चितवन र नवलपुरको आव्हानमा आज (शनिबार) दिउसो भरतपुरमा निस्केकोे मोटरसाइकल र्यालीमा राज आउ देश बचाउँ नारा घन्केको थियो ।
दिउसो १ बजे निस्केको र्याली केन्द्रीय बस ट्रमिनल (पारस बसपार्क) हुदै हाकिमचोक–चौविसकोठी–लायन्सचोक–शहिदचोक–पुलचोक–पोखराबसपार्क–आँपटारीहुदै केन्द्रीय बस ट्रमिनल पुगेर कोणसभामा परिणत भएको थियो । र्यालीमा हजारौँ सर्वसाधरण सहभागि थिए।
राष्ट्रिय झण्डा पहराउँदै सर्वसाधरणले संघीयता खारेजीको माग गरेका थिए । राजसंस्था र हिन्दुराष्ट्र पुर्नवहाली गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने लगायतका नारा लगाउँदै र्यालीमा सहभागी बनेका थिए ।अभियान्ता बसन्तविक्रम पाण्डेले गणतन्त्र विदा नहुञ्जेल प्रर्दशन जारी रहने बताउनुभएको छ।
उहाँले देशमा भएका वेथिति र फजुल खर्च रोक्न राजसंस्था ल्याउनुपर्नेमा जोड दिनुभयो । जनताको नासो भनेर दिएको व्यवस्था जनताले चाहेमा फेरी राजसंस्था फर्किन सक्ने बताउनुभयो ।
योगी श्रीनिवास आचार्यले नेपाल वैदिक भूमी भएकाले हिन्दुअधिराज्य घोषणा गर्नुपर्ने बताउनुभयो । जनता मारेर सत्तामा पुगेकालाई जनताले अब सत्ताबाट फिर्ता ल्याउन सशक्त आन्दोलन गर्नुपर्ने बताउनुभयो । योगी बलभद्रले राजसंस्थाले राष्ट्रिय एकता कायम गर्न सक्ने भएकाले राजसंस्थाको खाँचो देखिएको बताउनुभयो ।
वीर गोर्खाली अभियानका अभियान्ता नगेन्द्र देउजाले ०६२–६३ सालको जनआन्दोलनमा संघीयता र धर्मनिरपेक्षताको माग नभएको जीकिर गर्नुभयो । उहाँले गणतन्त्र आएपनि राजतन्त्र भएको बेलामा भए सरह विकास हुन नसकेको दाबी गर्नुभयो ।
उहाँले राजसंस्था फिर्ता ल्याउन चितवनबाटै आँधिबेहरी आउने बताउनुभयो । अभियान्ता जीवलाल पुरीले जनमत संग्रहको माग गर्नुभयो । राजसंस्था, हिन्दुराष्ट्र र संघीयताको सवालमा जनमतसंग्रह गर्नुपनेृ बताउनुभयो । राष्ट्रवादी नागरिक समाज चितवनका संयोजक सलाउदिन मियाँले ¥यालीले जनचाहनालाई उजागर गरेको बताउनुभयो । १२ वर्षसम्म जनता मौन बसेपनि अब मौन नबस्ने दाबी गर्नुभयो।
भिडियो हेर्नुहोस:
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)