संचारकर्मी ऋषि धमलाको धर्म पत्नी एलिजा गौतम भन्छिन् :फिल्मबाट डेब्यू गरेर पछुताएकी छैन,
2020, December 4th, Friday

admin

चलचित्र ‘अनुराग’मा काम गरेपछि मोडल तथा नायिका एलिजा गौतमको प्रशंसा भन्दा बढी आलोचना नै भयो। उनको अभिनयलाई लिएर धेरै ट्रोलहरु बने।

उनै, एलिजा अहिले म्यूजिक भिडियोमा व्यस्त छिन् । लकडाउनपछि एलिजाले दर्जन बढी भिडियोमा काम गरिसकेकी छिन् । उनले, चल्तीका मोडलहरु पल शाह, पुष्प खड्कासँग पनि काम गरिसकिन् ।

एलिजा आफूले म्यूजिक भिडियोमा पाइरहेको सफलतालाई सपना भन्छिन् । उनले भनिन्–‘मलाई त यो सबै सपना जस्तै लागिरहेको छ।

दर्शकले दिनुभएको हरेक प्रतिक्रिया मैले हेर्ने गरेकी छु। सकारात्मक प्रतिक्रियालाई हौसलाको रुपमा लिएकी छु भने नकारात्मक प्रतिक्रियालाई सुझावको रुपमा लिन्छु र अगाडि बढ्छु ।’

एलिजाले आफू चलचित्रबाट डेब्यू गरेर नपछुताएको पनि बताइन् । भनिन्–‘मलाई यसमा पछुतो छैन । चलचित्रबाट पनि मैले केही सिक्ने मौका भने पाएँ । तर, अब कथावस्तु राम्रो नआएसम्म चलचित्रमा काम गर्दिनँ ।’

तपाईको प्रतिक्रिया