हिजो पुलिसको पेलानमा परे पनि आज काङ्ग्रेस नेता रामचन्द्र पौडेलले तनहुँमा पुलको उत्घाटन गरेरै छडे !
2020, December 3rd, Thursday

admin

तनहुँ,मङ्सिर १८ । हिजो विवाद र झडपमा कारण स्थगित भएको तनहुँको ब्यास नगरपालिका स्थित बुल्दीखोलाको पुल आज पुनः काँग्रेस बरिष्ठ नेता पौडेलले उद्घाटन गरेका छन् ।

तनहुँको ब्यास नगरपालिकास्थित बुल्दीखोलाको पुल उद्घाटन गर्न जाँदा प्रहरीद्धारा हिजो पक्राउ गरिएका पौडेलले आज पुल उद्घाटन गर्न सफल भएका हुन् ।

पौडेलले पुल उद्घाटन गर्ने भएपछि त्यसको विरोधमा बुधबार नेकपा कार्यकर्ताले विरोध प्रदर्शन गरेका थिए भने उद्घाटन रोक्न कै लागि स्थानीय प्रशासनले निषेधाज्ञा समेत लगाएको थियो ।

प्रशासनको निषेधाज्ञाकै बीच पुल उद्घाटन गर्न जाँदा पौडेललाई प्रहरीले धरपकड गरी नियन्त्रणमा लिई तीन घण्टापछि मात्र छाडेको थियो । आज संयौ कार्यकर्ताले प्रधानमन्त्री ओली बिरुद्ध नाराबाजी गर्दै गएर पौडेलले पुल उद्घाटन गरी छाडेका हुन् ।

पुल उद्घाटन कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, शंकर भण्डारीलगायत नेता पनि सहभागी थिए ।
२०७३ सालमा बनाउन शुरु गरिएको पुल २०७५ सालमा निर्माण सम्पन्न भए पनि नेकपा र काँग्रेसको विवादका कारण उद्घाटन हुन पाएको थिएन ।

तपाईको प्रतिक्रिया