पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउसो भन्दा साझ दुखेर आयो, हिजो भन्दा आज दुखाइ बढी छ- नेता रमचन्द्र पौडेल
2020, December 3rd, Thursday

admin

काठमाण्डौं,मङ्सिर १८ । तनहुँमा पुल उद्घाटन गर्न जाने क्रममा नेकपाका कार्यकर्ताले अबरोध गरे पछि प्रहरीले नियन्त्रणमा लिएर रिहा भएका काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रहरीको पेलानले आफ्नो करङ हिजो भन्दा आज बेस्सरी दुखीरहेको गुनासो गरेका छन् ।

उनले ट्वीटरमा पोष्ट लेख्दै पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउसो भन्दा साझ दुखेर आयो, हिजो भन्दा आज दुखाइ बढी छ ,भनेका छन् ।
सडकमै धर्ना बसेका पौडेललाई प्रहरीले उठाएर तान्दै जबरजस्ती भ्यानमा राखेको काँग्रेस कार्यकर्ताहरुले गुनासो गरेका छन् ।

सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न सकेको छैन । असली लोकतन्त्र कहिले साकार हुने हो ? मेरो चिन्ता यसैमा छ ,पौडेलले भनेका छन् ।

पौडेललाई नियन्त्रणमा लिएर तीन घण्टा हिरासतमा राखिएकोमा विभिन्न दलका नेताहरुले आपत्ति जनाएका छन् ।

तपाईको प्रतिक्रिया