admin 737 Views
काठमाडौं । तनहुँमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प,क्राउ परेपछि सभापति शेरबहादुर देउवाले सिधै प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेका छन् । उनले वरिष्ठ नेता रामचन्द्र पौडेल प,क्राउको विषयमा प्रश्न गर्दै ओलीलाई दिउसो फोन गरेका हुन् ।
देउवालाई प्रधानमन्त्री ओलीले सुरक्षाका कारण पौडेललाई पक्राउ गरिएको जवाफ दिएको बताइएको छ । बुधबार तनहुँमा एक पुल उद्घाटन गर्न जान लागेका पौडेललाई प्रहरीले नि,यन्त्रणमा लिएको थियो । पौडेलले पुल उद्घाटन गर्न लागेको भन्दै नेकपाका नेता कार्यकर्ताले विरोध प्रदर्शन गर्न थालेपछि स्थानिय प्रशासनले पुल क्षेत्र आसपासमा निधेषाज्ञा जारी गरेको थियो । पौडेलले निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले प,क्राउ गरेको हो ।
सभापति देउवाले प्रधानमन्त्री ओलीलाई बुधबार दिउँसो टेलिफोन गरेको उनका स्वकीय सचिव भानु देउवाले पुष्टि गरेका छन् । अवस्था विग्रन लागेकाले पौडेललाई प,क्राउ गरेको जवाफ ओलीले दिएको भानुले बताएका छन् ।
ओलीको जवाफमा प्रतिप्रश्न गर्दै देउवाले “शान्तिसुरक्षाको लागि भए उहाँ (पौडेल)लाई किन उहाँको घर नलगेको ? किन चौ,की लगेको ?” भनेर प्रतिप्रश्न गरेका थिए ।
तत्काल नेता पौडेलको रिहाइ गर्न पनि उनले प्रधानमन्त्री ओलीलाई देउवाले भनेका छन् । बुधबार दिउँसो ब्यास नगरपालिकामा नवनिर्मित पूल उद्घाटनका लागि पौडेल गएका थिए । सो क्रममा सत्तारुढ दल नेकपाका कार्यकर्ताहरुले अवरोध प्रयास गरे पछि अवस्था विग्रन नदिन प्रशासनले बल प्रयोग गरेको जनाएको छ ।
तनहुँ जिल्ला ब्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको हुँदा कांग्रेस नेताले नै उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । उपभोक्ता समितिले सर्वसम्मतरुपमा निर्णय गरेर पौडेललाई बोलाए पनि नेकपाका कार्यकर्ताले पौडेललाई पूल उद्घाटन गर्न दिन नहुने माग गर्दै विरोध जनाएका थिए ।
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)