प्रचण्डलाई ओलिको कडा प्रहार ! छोरिलाइ मेयर,बुहारीलाइ मन्त्री ,भतिजो राजदुत बनाउने यो कस्तो समाजबाद हो?
2020, November 28th, Saturday

admin

काठमाण्डौं,मंसिर १३। नेकपाको सचिवालयको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले १९ पृष्ट लामो राजनीतिक प्रतिवेदनमा आफूमाथि लगाईएका गंभीर आरोपहरुको खण्डन गर्दै अध्यक्ष तथा प्रधानमन्त्री ओलीले काउन्टर प्रस्ताव तयार पारेका छन् । आज हुने सचिवालयको बैठकमा ओलीले यो प्रतिवेदन पेश गर्दैछन् ।

यसमा समावादी कार्यक्रम सरकारले ल्याएन भन्ने प्रश्नको जवाफमा ओलीले प्रचण्डमाथि गंभीर परिवारवादको आरोप लगाउदै बुहारीलाई मन्त्री , छोरीलार्ई मेयर र भतिजोलाई राजदुत बनाउने तपाई समाजवादी हो ? भनेर प्रश्न गरेको स्रोतले बतायो ।
प्रचण्डले ओलीको नेतृत्व सरकार र पार्टी दुबै सञ्चालनमा असफल रहेको भन्दै योगदान गर्न भन्ने शब्द राखेर घुमाउरो तरीकाले राजीनामा मागिएको बुझाई ओली पक्षको छ । यसैको खण्डन ओलीले गरेका छन् ।
ओलीले आफूलाई भ्रष्टाचारी प्रमाणित गरे जेल बस्न तयार रहेको तर आरोप प्रमाणित नभए कि त माफी माग्नु पर्ने कित कार्बाही हुनु पर्ने प्रश्न समेत उठाएका छन् ।
मंसीर ३ गतेको बैठकमा जवाफ दिन आफूलाई समय चाहिने भन्दै १० दिन बैठक सारिए पछि लिखित प्रतिवेदन तयार पारेका छन् ।
यसमा न्यायधीशहरुलाई बोलाएर निर्देशन दिएको जस्ता बिषयमा ओलीले गंभीर आपत्ति जनाएका छन् ।
यसको गंभीर खण्डन र चुनौती पेश गर्दा गर्दै पनि पार्टी एकता जोगाउनु पर्ने पक्षमा भने ओली रहेको उनी निकट नेताहरुले बताएका छन् । पार्टी सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा अल्पमतमा रहेका कारण ओलीले बैठक बस्न नमानेको आरोप लाग्ने गरेको थियो ।

सचिवालयमा बहुमत पुर्याउने कसरत पनि ओलीले जारी राखेका छन् । त्यसका लागि पूर्व माओवादी समुहका राम बहादुर थापालाई आफ्नो पक्षमा पारेको बुझाई रहँदै आएको छ । त्यसै गरी माधव कुमार नेपाल र वामदेव गौतमलाई फकाउने अलग अलग प्रयास पनि जारी छ ।
बैठक बस्नु एक दिन अघि पनि माधव नेपाललाई भेट्न स्वास्थ्य मन्त्री भानुभक्त ढकाल पुगेका थिए भने वामदेव गौतमलाई भेट्न ईश्वर पोखरेल पुगेका थिए । सचिवालयको बैठक दिउसो १ बजे बस्ने छ ।मिरमिरे खबर बाट

तपाईको प्रतिक्रिया