लाहुरे जिवनमा आधारित गितमा ७ बर्षिय बालिका प्रीन्सा खड्काको अभियानले सबैलाई रुवायो हेर्नुहोस (भिडियो सहित)
2020, November 27th, Friday

admin

काठमाण्डौ,। नारायण रायमाझी लोक संगीतमा मात्र नभई नेपाली फिल्म इन्डस्ट्री लगायत समग्र कला क्षेत्रमा निकै चर्चित र स्थापित नाम हो ।

२०४५/४६ सालतिर बाट व्यवसायिक रुपमा गित गाउँन थालेका रायमाझीका प्राय गितहरु जनजिब्रोमा झु, ण्डिएका हुन्छन ।

नारायण रायमाझीलाई यहाँसम्म पुर्याउन आफ्ना स्वर्गिय दाजु लक्ष्मणको ठुलो हात रहेको रायमाझी आफैँले पटक पटक बताउदै आउनुभएको छ ।

उनका बहु चर्चित गित जसले उनलाई सुरुमा लोक संगीतमा चिनायो स्थापित गरायो ति प्राय गितहरुको रचना स्वर्गिय लक्ष्मण रायमाझीले गर्नु भएको थियो । रायमाझी अहिले नयाँ सँगै तिनै पुराना पुराना कालजयी गितहरु आफ्नो दाईको सम्झना गर्दै रिमेकिङ गर्दैछन ।

रिमा इन्टरटेनमेन्ट बाट महिनामा १-२ वटा पुराना गितहरु रिमेकिङ गर्ने क्रममा एकताकाको निकै चलेको हृदयविदारक गित कार्गिल -२ ‘के लेखौँ र खबर आमा’ भर्खरै सार्वजनीक भएको छ ।

विशेष त लाहुरेको जीवन कथामा आधारित उक्त गितले रोजीरोटीको लागी परदेशिन विवस लाखौँ नेपालीको कथा सँग मेल खाएको छ ।

कार्गिल २ मा शब्द संगीत र स्वर स्वयं नारायण रायमाझीको छ भने महिलामा पछिल्लो समयकी चर्चित गायिका कमला पोखरेलले गएकी छिन ।

अहिलेका चर्चित एरेञ्जर श्याम श्वेत रसाईलीको एरेञ्ज, मिक्सिङ रहेको गीतमा कलाकारहरु सुपिरिचित आमा रमा थपलिया, ऋषिराम खड्का, रोशनी कार्की र बाल कलाकारमा प्रिन्शा खड्का लगायतले अभिनय गरेका छन ।

भिडियोमा बाल कलाकार प्रिन्शा खड्काको अभिनयले धेरैको मन रुवाएको छ । भर्खरै ६ वर्ष पुरा गरेकी प्रिन्शा प्रायले चिनेका नाम हो ।

प्रिन्शाले ५ वर्षकै उमेरमा २०१९ मा मिनी मोडेल वल्डको ताज सँगै वेस्ट डान्सर अवार्ड जितेर नेपालको नाम राखेकी थिइन ।

सिधा न्युजसँगको कुराकानीमा सुटिङ टिम भन्छ ‘ठुला कलाकारलाई बरु २-३ टेक लिनुपर्ला तर बाल कलाकार प्रिन्शा खड्कालाई दोस्रो टेक सायदै लिनुपर्दैन उनि भित्र अभिनयको प्यास छ ।’

तपाईको प्रतिक्रिया