admin 1224 Views
काठमाडौं । बिहीबार बिहान त्रिशुलीमा भएको जिप दुर्घटनामा परी हराइरहेकी ११ वर्षीया बालिका जेनिसा रोका अझै फेला परेकी छैनन् । जेनिसाको सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी कार्य जारी राखेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्यबहादुर थापाले नदीमा डुबेको जिप निकाल्ने प्रयास भइरहेको जानकारी दिँदै बालिकालाई गाडीले च्यापेको हुनसक्ने आशंका गर्नुभएको छ ।‘सशस्त्र प्रहरीको गोताखोर टोलीले बालिकाको खोजी गरिरहेको छ ।
उनको अझै पत्ता लाग्न सकेको छैन’ डीएसपी थापाले भन्नुभयो, ‘नदीभित्र डुबेको जिपले बालिकालाई च्यापेको छ कि भन्ने आशंका छ ।जिप निकाल्ने प्रयास भइरहेको छ ।
’सशस्त्र प्रहरीले यसअघि जिप चालक सूर्य केसी र जमुना रोकाको शब घटनास्थलबाट निकालेको थियो । उहाँहरुको शव परीक्षणका लागि भरतपुर अस्पताल लगिएको छ ।
अखिल नेपाल युवक संघका उपाध्यक्ष मुकुन्द रोकाको परिवार चढेको लु.१ च. ९७३१ नम्बरको जिप बिहीबार बिहान ५ बजे मुग्लिनदेखि २ किलोमिटर कुरिनटारतर्फ त्रिशुलीमा खसेको हो । जिपमा सवार युवक संघका उपाध्यक्ष मुकुन्द रोकाकी श्रीमती जमुना रोका, छोरी जेनिसा र चालक सूर्य केसी बेपत्ता भएकोमा जिसँगै जमुना र चालक केसीको शव फेला परेपनि बालिका हराइरहेकी छन् ।
उपाध्यक्ष रोका नदीमा पौडेर बाहिर निस्कन सफल हुनुभएको थियो । उहाँको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । रोकाको अवस्था सामान्य छ ।उपाध्यक्ष रोका दम्पती छोरीको उपचारका लागि बुधबार राति प्युठानबाट काठमाडौं आउँदै हुनुहुन्थ्यो । त्यही क्रममा सो दुर्घटना भएको हो ।
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)