admin 440 Views
काठमाडौं, । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादका कारण वर्तमान सरकारको स्थायित्वमाथि नै प्रश्न उठेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विभिन्न आरोप लगाएर अर्का अध्यक्ष पुष्पकमल दाहालले १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन सचिवालय बैठकमा पेश भएपछि नेकपाभित्रको विवाद झनै चुलिएको छ । यसको असर केन्द्रदेखि स्थानीय तहसम्म पुगेको छ । दुवै पक्षका नेता तथा कार्यकर्ताहरु यतिवेला आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।
हिजोमात्रै दाहाल र वरिष्ठ नेता माधव कुमार नेपालनिकट स्थायी कमिटी सदस्य तथा तत्कालिन कार्यदलका सदस्य सुरेन्द्र पाण्डेमाथि ओली पक्षधर कार्यकर्ताहरु चितवनमा आयोजित पार्टी कार्यक्रममा अभद्र व्यवहार भएको छ । उक्त घट्नालाई लिएर वरिष्ठ नेता नेपाल, अर्का वरिष्ठ नेता झलनाथ खनाल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले निन्दा र भत्र्सना गर्दै घट्नामा संलग्नलाई छानबिन गरि कारबाहीको माग गरेका छन् ।
नेकपाको सचिवालय बैठक यही मंसिर १३ गतेलाई तोकिएको छ । तर, बैठकभन्दा अघि ओली र दाहालबीच छलफल तथा वार्ता हुनुको साटो विपक्षी दलका नेताहरुसँग कसरी सहकार्य गर्न सकिन्छ ? भनेर छलफल भएका समाचार बाहिर आएका छन् ।
हिजोमात्रै प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवासँग तीन घण्टा लामो छलफल गरेको रहस्य आज बाहिरिएको छ । नेकपाभित्र आन्तरिक विवाद चुलिएको अवस्थामा ओलीले विपक्षी दलका नेतासँग गरेको भेटवार्ता आँफैमा अर्थपूर्ण रहेको छ ।
स्रोतकाअनुसार ओलीले आफ्नो पार्टी फुटेपनि सत्ता सहकार्यको लागि आफू तयार रहेको र त्यसको लागि के के गर्नुपर्ने हो ? त्यो सबै गर्न आफू तयार रहेको भन्दै कांग्रेस सभापति देउवालाई कति र कुन मन्त्रालय लिने ? र अरु कुन कुन पद लिने हो ? त्यो भन्न आग्रह गरेको बुझिएको छ । यद्धपी देउवासँगको प्रधानमन्त्रीको भेटवार्ता भने अहिलेसम्म बालुवाटारले सार्वजनिक गरेको छैन् । र, मिडियामा दुई नेताबीच भेटवार्ता भएको भनेर आएको समाचारमा सत्यता नभएको बालुवाटारको दाबी छ ।
‘यसअघि पनि प्रधानमन्त्री ओलीले पार्टीभित्र विवाद चुलिँदा देउवासँग सत्ता–सहकार्यको लागि प्रस्ताव गरेका थिए । यसपटकको भेटवार्तामा गरेनन् ? भन्न सकिँदैन्’–दाहाल–नेपालनिकट एक नेताले भने । रिपोर्ट्स नेपाल डटकम बाट
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)