डा. गोभिन्द केसि लाई कोरोना संक्रमण पुष्टि,शिघ्र स्वास्थ्य लाभको कामना
2020, November 13th, Friday

admin

काठमाडौं, २८ कात्तिक । डाक्टर गोविन्द केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सामान्य रुघा-खोकीसँगै ज्वराे आएपछि परीक्षण गर्दा कारोना पाेजेटिभ रिपोर्ट आएको हो । डाक्टर केसीको श्वासप्रश्वासमा समेत समस्या आएको उहाँका सहयाेगीहरूकाे भनाइ छ ।

उहाँको हाल महाराजगञ्जस्थित टिचिङ अस्पतामा उपचार भइरहेको छ । डा. केसी चिकित्सा शिक्षा सुधारको माग गर्दै पटक-पटक अनशन बस्दै आउनुभएको छ । हाडजोर्नीको बिशषज्ञ समेत रहनुभएका केसीले टिचिङ अस्पतालमै लामो समयसम्म सेवा गर्नुभको थियो ।

“केही लक्षण देखा परेपछि हिजो (बिहीबार) पीसीआर परीक्षण गर्नुभएको थियो। रिपोर्ट पोजिटिभ आएको छ। उहाँमा रुघाखोकी लाग्नुका साथै ज्वरोसमेत आएको छ। स्वाश प्रश्वासमा समस्या पनि देखिएको छ,” सुवेदीले भने, “उहाँलाई अहिले शिक्षण अस्पताल महाराजगञ्जको गणेशमान सिंह भवनमा भर्ना गरिएको छ। थप स्वास्थ्य परीक्षण भइरहेको छ।”

रसुवाबाट फर्किएर त्रिशुली हस्पिटलमा उनको स्वाब सङ्कलन गरिएको थियो। चिकित्सा शिक्षा सुधारका अभियान्ता समेत रहेका डा. केसी केहीको थप स्वास्थ्य परीक्षणको काम भइरहेको छ।

उनको उपचारमा डा सुबास आचार्यको टोली खटिएको छ ।   शिघ्र स्वास्थ्य लाभको कामना,

तपाईको प्रतिक्रिया