“पर्सा, गाउँपालिका, अध्यक्ष” बनिन”१६ वर्षिया अञ्जली कुमारी साह,बधाई छ।
2021, December 1st, Wednesday

हाम्रोखबर संवाददाता

“सर्लाही,। सर्लाहीमा  एक १६ वर्षिय युवती गाउँपालि काको  अध्यक्ष  बनेकी छन । कक्षा  १० मा अध्यनरत अञ्जली कुमारी साह, सर्लाहीको पर्सा गाउँपालिकाको एक दिने गाउँपालि का अध्यक्ष बनेकी हुन् । बाल अधिकारको प्रवद्र्धन र बालबालि काको नेतृत्व क्षमता विकासका लागि”

“पर्सा  गाउँपालिकाका  अध्यक्ष  किसुनदेव   रायले एक  दिनको लागि पर्सा  गाउँपालिकाको   अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेका  थिए ।वडा  नं ६  निवसी  बा ल क्लवको  अध्यक्ष समेत रहेकी अञ्जलीले बालिका शिक्षालाई जोड दिनु पर्ने र गाउँपालि का भित्रै प्रा विधिक शिक्षालयको स्थापना गर्नु पर्ने आवश्यकता औंल्याईन ।”

“गाउँपालिका भित्र बालबालिकाहरुले धेरै प्रकारका समस्याहरु भोगिरहेका छन्,  बालविवाहको अवस्था पनि डरलाग्दो छ । नव नियुक्त  अध्यक्ष  साहले  भने “बाल   अधिकार प्रवद्र्धन र बाल संरक्षणका लागि सबै पक्ष मिलेर क्रियाशील हुनु पर्छ ।मंगलवार पर्सा गाउँपालिकाको आयोजना”

“तथा बागमती  सेवा समाज नेपाल र वल्ड भिजको सहजीकरण मा १६ दिने  लै’ङ्गिक हिं’सा वि’रुद्धको  अभियानको अवसरमा पर्सा  गाउँपालिकाको  नव  नियु क्त अध्यक्ष  अञ्जलीले नेपाल राष्ट्रिय   मा वि मा ग विद्यालयमा भएको बर्तमान समस्याकोमा विद्यार्थीहरु सँग छलफल गरेर विद्यालय प्रमुखहरुलाई”

“शिक्षा  क्षेत्रमा भएको समस्याको निराकरण गर्न आदेश दिएकी छन् ।त्यस्तै पर्सा  गाउँपालिकामा रहेको पर्सा स्वास्थ्य चौकीका प्रमुख  राजकिशोर  राउतलाई  स्वास्थ्य चौकीमा रहेको फोहरले बिरामीहरुलाई  कसरी थप बि’रामी  पार्नेमा सम्झाई बुझाई गरेर समस्या समाधानको लागि ठाडो निर्देशन दिएकी छन् ।”

“बर्थिङ्ग सेन्टरमा  अनुगमन गर्दै केही त्रुटि देखिएको भन्दै निका स निकाल्न निर्देशन दिएकी  छिन् ।कार्यक्रममा नेतृत्व हस्तान्तर ण गर्दै  गाउँपालिका अध्यक्ष किसुनदेव रायले शिक्षा र स्वास्थ्य मा गाउँपालिकाले  लगानी गरिरहेको बताए । “बालमैत्री गाउँपा लिका बनाउनका लागि भौतिक संरचना निर्माण गर्दा”

“बालमैत्री  बनाउने मात्र नभई बाल संरक्षणका लागि नीति, निय मावली निर्माण गरेर  लागू गर्ने काम गाउँपालिकाले गरिरहेको छ अध्यक्ष रायले भने ।सोही अवसरमा नेपाल राष्ट्रिय मावि र पर्सा स्वास्थ्य  चौकीमा  अनुगमन भ्रमण समेत गरिएको थियो । यसै गरी   कार्यपालिकाको बैठक  बसी  बा’लवि’वाह न्युनीकरणका लागि”

“सूचनाहरु  प्रचार   प्रसार गर्ने , सम्पूर्ण  वडाहरुमा बाल क्लव र बाल  संजाल  गठन  गर्नका लागि  गाउँपालिकाबाट  ५०  हजार बजेट  बिनियोजन  गर्ने  र  गाउँपालिकामा  निर्माण हुने भौतिक संचनाहरु बालमैत्री  बनाई  आगामी ५  वर्षभित्र पर्सा गाउँपालि कालाई  बालमैत्री गा उँपालिका  बनाउने  समेतका ऐतिहासिक निर्णय समेत गरिएको छ ।”

तपाईको प्रतिक्रिया