“अमेरिका’ले, दियो ओली,लाई बधाई”
2021, December 1st, Wednesday

हाम्रोखबर संवाददाता

काठमाडौं, १५ मंसिर । अमेरिकाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बधाई दिएको छ । ओली दोस्रो पटक एमाले अध्यक्षमा निर्वाचित भएकोमा बधाई दिएको हो ।”

“अमेरिकी राजदूतावासले ट्वीट गर्दै ओलीलाई बधाई दिदै लोकतन्त्र, पारदर्शीता, उत्तरदायितव र स्वतन्त्र र धाँधलीरहित चुनावलाई साथ दिने जनाएको छ ।”

“मङ्गलबार अध्यक्षमा निर्वाचित भएका ओलीलाई अमेरिकाले सुरुमै बधाई दिनु अर्थपूर्ण मानिएको छ । ओलीको अमेरिकासँग सुमधुर सम्बन्ध रहेको सनदेशका रुपमा यसलाई लिइएको छ ।”

“यो पनि :-“अध्यक्षमा बिजयी, भए पछिको पहिलो, भाषणलेनै देशभरका, एमाले जुरुक्कै, उचाले ओलीले”

“दोस्रो कार्यकालका लागी नेकपा एमालेको अध्यक्षमा भारी मतका साथ बिजयी भएका केपी शर्मा ओलीले एकै पटक देशभरका एमालेलाई जुरुक्क उचाल्ने अभिव्यक्ति दिएका छन् ।”

“अध्यक्ष पदका अर्का उमेदवार भिमबहादुर रावललाई भारी मतान्तरले हराएर सानदार विजयी हासिल गरेका ओलीले अध्यक्ष पदको सपथ गरे लगत्तै दिएको मन्तव्यमा पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन भव्य रुपमा सम्पन्न भएको उद्घोष गर्दै आगामी निर्वाचनमा एमालेले बहुमत हासिँल गर्ने घोषणा गरेका छन् ।”

“आगामी निर्वाचनमा बहुमत ल्याएर फेरी सरकारमा फर्कने अठोट लिएर दशौँ महाधिवेशन समाप्त भएको घोषणा गरेका ओलीले तीन महिना एकीकरण अभियान चलाउने घोषणा गरेका छन् । महाधिवेशनबाट अध्यक्षमा विजयी भएपछि बन्दसत्रलाई सौराहामा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।”

‘तीन महिना एकीकरण, अभियान चलाउँछौं, कार्यकर्ता, जनतामा जाने अभियान चलाउँछौँ । कहिले जाने केन्द्रीय कमिटीले तोक्नेछ’, उनले भने। उनले दम्भी र अहंकारी नेता हुन नसक्ने भन्दै विनम्रताका साथ हरेक व्यक्ति प्रति सहिष्णुताका साथ जाने बताए ।”

ओलीले पार्टीको,नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई अध्ययनशील हुन, दम्भ तथा अहंकार नदेखाउन निर्देशन दिएका छन् । पार्टीको दशौं महाधिवेशनअन्तर्गत मंगलबार बन्दसत्रलाई समापन गर्ने क्रममा सम्बोधन गर्दै,ओलीले यस्तो निर्देशन दिएका हुन् ।

“पुराना नेताले असल तौर तरिकाका साथ नयाँलाई सिकाउने र नयाँले पनि उत्सुकताका साथ पुराना नेताबाट सिक्न जरुरी रहेको उनले बताए । उनले नवनिर्वाचित सबैलाई चनाखो ढंगले अध्ययन गर्न, परिस्थिति र विषयलाई विश्लेषण गर्ने क्षमताको विकास गर्न सुझाव पनि दिए ।,

‘हामीलाई हेरेर कस्तो, तरिका, कस्तो शैली, कस्तो बोलीबचन अपनाउने भनेर अरु पार्टीका मानिसले अनुशरण गर्ने खालको हुनुपर्छ,’ उनले भने, ‘हाम्रो आनीबानी नेता झैं हुनुपर्छ । कुनै पनि नेता घमण्डी, अहंकारी हुँदैन । अहंकारी मान्छे नेता हुँदैन, नेता भएपछि अहंकारी हुँदैन ।’

“आफूहरु जनताको सेवक हौं भन्ने मनन् गरेर विनम्रताका साथ जनता देशको सेवामा समर्पित हुन पनि उनले निर्देशन दिए । उनले महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय कमिटीका नवनिर्वाचित सबै सदस्यलाई हार्दिक बधाई तथा शुभकामनासमेत दिए””

तपाईको प्रतिक्रिया