सडक र सदनबाट राजतन्त्र फर्काउछौं भन्दै कुर्लिए कमल थापा, के जनताले साथ देलान् त ?
2021, December 1st, Wednesday

admin

काठमाडौं, १५ मंसिर । राप्रपा अध्यक्ष क¥मल थापाले सडक र सदनबाट संघर्ष गरेर नागार्जुङमा रहेका राजा ज्ञानेन्द्रलाई नारायणहिटीमा ल्याउने उ¥द्घोष गरेका छन् ।

पार्टीको एकता महा¥धिवेशनलाई सम्वोधन गर्दै जनमत नभएका कारण अहिलेसम्म राजतन्त्र फ¥र्काउन नसकेको भन्दै उनले सडक र सदनको जनमतबाट राजतन्त्र फर्काउने उद्घोष गरे ।उनले राप्रपाले राजा आउ देश बचाउ भन्ने नारा छाडेर जनता आउ राजा ल्याउ भन्ने नारा लगाउने बताए ।

उनले आफ्नो कार्य¥कालको सुरुमा पार्टी एकता कायम राख्न नसकेकोमा क्षमा मागेका छन् भने आफ्नै कार्यकालमा एकता गर्न सकेकोमा गर्व गरेका छन् ।उनले आ¥गामी निर्वाच¥नमा पार्टी संसद र सरकारमा पार्टीको राम्रो उपस्थिति हुने दाबी पनि गरे । विगतमा कांग्रेससँगको सहकार्यमा धोका भएको समेत बताए ।

यो पनि,,,ओलीले चाहेकै जस्तो एमालेमा हार्डलाइनर टिम,,,,काठमाडौँ । चितवनमा मंगलबार सम्पन्न एमालेको दसौं महाधिवेशनबाट अ¥ध्यक्ष केपी ओलीले चाहेकै जस्तो कठोर (हार्डलाइनर) टिम बनेको छ। वरिष्ठ उपाध्यक्षदेखि महासचिवसम्मको कार्यकारी टि¥मलाई हेर्ने हो भने समन्वयकारी धार छायामा परेको छ। यसले ओलीलाई पार्टीभित्र शक्तिशाली बनाएको छ।

उनीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाललाई पनि पार्टीमा शक्ति आर्जन गर्ने ढोका खुलेको छ। एमाले–माओवादी एकीकरणको समयमा मा¥ओवादीको आलोचना गर्दै आएका ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष भएका छन्।

लामो समयदेखि ओली समूह¥मा रहेका शंकर पोखरेल महासचिवमा सर्वसम्मत चयन भएका छन्। उनीहरू दुवै विचारमा स्पष्ट भएका र पार्टीमा समन्वय गर्नेभन्दा आलोचकका विचारलाई बेवास्ता गर्दै अघि बढ्ने प्रवृत्ति भएका नेताहरू हुन्। ओली स्वयं विरोधीप्रति कठोर हुन्छन्।

शान्त स्वभावका प्रदीप ज्ञवाली पनि दृष्टिकोणमा स्पष्ट भएकाले पार्टीमा शक्ति आर्जनका साथै आगामी दिनमा माथिल्लो पदमा पुग्ने अवसरका सामु छन्। एमालेको जन्म कोअर्डिनेसन केन्द्रबाट बनेको माले हुँदै भएको हो। अहिले एमालेमा कोअर्डिनेसन केन्द्रका ईश्वर पोखरेलमात्रै छन्।

उनले लामो समयदेखि ओली¥लाई साथ दिँदै आएका छन्। ओलीले विगतमा माओवादीको आलो¥चना गरेर पार्टीमा शक्ति आर्जन गरेका थिए। त्यस क्रममा शंकरले पनि उनलाई निरन्तर साथ दिइरहे। अहिले ओली यी दुई पोखरेलमध्ये एकलाई निर्विरोध वरिष्ठ उपाध्यक्ष र अर्कालाई निर्विरोध महासचिव बनाउन सफल भएका छन्।

नवौं महाधिवेशनमा उपमहासचिवमा पराजित भएका शंकरलाई महासचिव बनाउनकै लागि दसौं महाधिवेशन लम्बिएको थियो। तर महाधिवेशनस्थलमा यो भाव प्रकट हुन नदिई शंकरलाई नेतृत्वमा स्थापित गराउन ओली सफल भए।-यो समाचार नागरिक दैनिकमा छ ।

तपाईको प्रतिक्रिया