राप्रपा महाधिवेशन : राजेन्द्र लिङ्देन बोल्दा कार्यकर्ताको हु’टिङ
2021, December 1st, Wednesday

admin

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन अन्तरगत राजधानीमा सुरु भएको उद्घाटन सत्रमा अध्यक्षका उम्मेदवार राजेन्द्र लि¥ङ्देन बोल्दा कार्यक¥र्ताहरूले उनको समर्थनमा हुटिङ गरेका छन्।

कार्यकर्ताहरूले राजेन्द्रको पक्षमा चर्को हुटिङ गर्दै स्वागत गरेका थिए । उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले राप्रपाको मुद्दा अहिले सडकमा लोकप्रिय बनिरहेको बताए । तर सोही एजेण्डा बोकेको पार्टीको अवस्था भने कम_जोर रहेको बताउँदै उनले पार्टीलाई पुनः गति दिन जरुरी रहेको बताए ।

आजदेखि सुरु भएको राप्रपा¥को महाधिवेशन मंसिर १७ गते नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ । राप्रपाको नेतृत्वको दौडमा लिङ्देन र कमल थापा रहेका छन् ।

यो पनि,,,,राजेन्द्र लिङ्देनलाई कमल थापाको जवाफ : नयाँ पुरानो भनेर विभाजनको रेखा कोर्न हु’न्न,,,,काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले नयाँ र पुरानो पुस्ताको भनेर कसैले पनि पार्टीमा विभाजनको रेखा कोर्न नहुने बताएका छन् । पार्टीको बुधबारदेखि सुरु भएको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै था’पाले नयाँ पुरानो, अग्लो होचो वा अन्य कुनैपनि बहानामा विभा¥जनको रेखा कोर्न नहुने बताएका हुन् ।

यसअघि सम्बोधनका क्र¥ममा अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनले पार्टीमा युवापुस्ता नेतृत्वमा आउनुपर्ने भन्दै पुराना पुस्ताका नेताहरुले अ¥भिभावकीय भूमिकामा रहने धारणा राखेका थिए । तर, लिङ्देनलाई जवाफ फर्काउँदै थापाले भने, ‘केन्द्रीय नेतृत्व सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्नुपर्छ ।

सहमति हुन सकेन भने पनि प्रजातान्त्रिक अभ्यास र विधिबाट नेतृत्व छानेर पा¥र्टीलाई आगा¥मी दिनमा एकताबद्ध ढंगबाट अघि बढाउने प्रतिज्ञा सबैले गर्नुपर्छ । हामीले नयाँ पुरानो, अग्लो होचो वा अन्य कुनैपनि बहानामा विभाजनको रेखा कोर्नु हुन्न । पार्टीमा स्थापनाकालदेखि रगत र पसिना बगाएका नेताहरु सबै जिवित हुनुहुन्छ ।’उनले यो एकताको अन्तिम महाधिवेशन हुने भन्दै एकता महाधिवेशनबाट पार्टी आ¥फूहरुले कहिल्यै पार्टी नफुटाउने भनेर संकल्प गरेको त्यो सन्देश देशभरका का¥र्यकर्तामा पुर्याउने बताए ।

तपाईको प्रतिक्रिया