दु:खद खबर!विश्वमै सबैभन्दा लामो मन्त्रीपदको कार्यभार सम्हाल्ने खलिफाको निधन!
2020, November 11th, Wednesday

admin

काठमाडौ । बहराइनका प्रधानमन्त्री खलिफा बिन सलमान अल खलिफाको निधन भएको छ । उनको ८४ वर्षको उमेरमा निधन भए पनि निधनको कारणवारे भने खुलाईको छैन । विश्वमै सबैभन्दा लामो समय प्रधानमन्त्री रहेका खलिफाको निधन अमेरिकामा भएको हो ।

उपचारका लागि अमेरिकामै रहेका उनको निधन भएको बताइएको छ । बहराइनमा सबैभन्दा लामो समय प्रधानमन्त्री पदमा रहेर काम गरेका खलिफाको निधन प्रति अन्य मुलुकहरुले पनि चिन्ता ब्यक्त गरेका छन् ।

“अमेरिकामा उपचारको क्रममा निधन भएको बहराइनको समाचार संस्था बहराइन न्युज एजेन्सीले बुधबार जनाएको छ।

उनी विश्वमै सबैभन्दा बढी समय प्रधानमन्त्री पद सम्हाल्ने व्यक्ति भएको अल्जजिराले जनाएको छ। खलिफा सन् १९७० मा बहराइनका प्रधानमन्त्री बनेका थिए।

हालसम्म पनि उनी प्रधानमन्त्री थिए। अमेरिकाको मायो क्लिनिक हस्पिटलमा खलिफाको निधन भएको बताइएको छ।

तपाईको प्रतिक्रिया