“एमाले पार्टीले, गर्दा नै सौराह,को ठूलो विज्ञापन भएको छ :दुर्गा प्रसाई”
2021, November 29th, Monday

हाम्रोखबर संवाददाता

“दुर्गा प्रसाईंले एमाले पार्टीले, गर्दा नै सौराहको ठूलो विज्ञापन भएको बताएका छन् ।व्यवसायी दुर्गा प्रसाईले चितवन सौराहमा आएका ,जनताले पिकनिक आए झै रमालो मानेको बताए । उनले अहिलेसम्म यसरी जनतालाई कुनै पार्टीले घुमाउन, नसकेको समेत बताए ।”

“उनले यो महाधिवेशन,दुई तीन दिन मात्रै नभएर पन्ध्र दिन हुनुपर्ने भन्दै जनताले रमाइलो मानेको बताए । यसैक्रममा उनले भारतका प्रधानमन्त्री नरेन्द्रमोदी आएर पशुपतिनाथमा दर्शन गर्दैमा ठूलो कुरा नभइ अहिले चितवनमा भइरहेको माहोलले धेरै ठूलो विज्ञापन भएको दाबी गरे ।”

“यस्तै उनले राजनीति, गर्न सके सबै कुराको सम्भव भएको बताएका छन् । उनले राजनीतिबाट नै देश कव्जा गर्न सकिने टिप्पणी गरे । साथै उनले राजनीति गरेर खरानी धस्न नभइ देशका लागि लड्न र देश कब्जा गर्न सकिने बताए । उनी आफू राजनीति पेशा तथा जागिरे नभएर अरु काम गरेर चल्ने व्यक्ति भएको बताए ।”

“उक्त माहाधिवेशमा, प्रतिनिधि बनेर पुगेका प्रसाईंले केन्द्रिय सदस्यमा उम्मेदवारी दिएको हल्ला बाहिर आएपनि उनी आफैले भने केन्द्रिय सदस्य नबन्ने बताए । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई समेत अहंकारीको टिप्पणी गरेका छन् ।”

तपाईको प्रतिक्रिया