“हाम्रो विद्रोह जायज, थियो भन्ने, चितवनको तमासाले पुष्टि गर्‍यो : माधव नेपाल”
2021, November 29th, Monday

हाम्रोखबर संवाददाता

“काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेले अब कम्युनिष्ट आन्दोलनमा योगदान गर्न नसक्ने बताएका छन् ।”

“राष्ट्रिय जनसांस्कृति महासंघको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलन जोगाउनकै लागि आफूहरूले एमालेबाट विद्रोह गरेको बताए । उनले एमालेमा विद्रोहको आवश्यकता थियो भन्ने तथ्य चितवनबाट पुष्टि भएको बताए ।‘हामीले एमालेबाट किन विद्रोह गर्‍यौं भनेर भन्नै नपर्ने भयो ।”

“चितवनको तामासा नै पर्याप्त छ । त्यहाँ फरक मत राख्ने व्यक्तिमाथि जसरी अपमान भइरहेको छ, त्यो नै पर्याप्त छ । जबजको गफ हाँक्ने, कुनै जनवादी अधिकार प्रदान नगर्ने र आदेशको मात्रै पालना गराउने प्रवृत्तिले स्पष्ट पार्छ कि अब एमाले दक्षिणपन्थी बाटोमा गइसकेको छ’, नेपालले भने ।”

“उनले एमालेको प्रशंसा विदेशी दलालले मात्रै गर्नसक्ने भन्दै राप्रपाको महाधिवेशनमा एमाले नेतृत्वको उच्च प्रशंसा हुनु शोभनीय नभएको बताए । संविधान मास्न चाहने शक्तिहरूबाट मुलुकलाई मुक्ति दिलाउन ५ दलीय गठबन्धन गरेको भन्दै अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनका उपलब्धी जोगाउन चाहनेहरू एकीकृत समाजवादीमा आउनुपर्ने बताए ।””

तपाईको प्रतिक्रिया