एमालेमा पेलिए रामबहादुर, ३ नम्बरबाट झरेका थापा ७ नम्बरमा,,,
2021, November 29th, Monday

admin

काठमाडौं ।माओवादी छाडेर एमालेमा लागेका नेता रामबहादुर थापा ‘बादल’ एमालेको दशौं महाधिवेशनमा नराम्ररी पेलिएका छन् । महाधिवेशनमा प्रतिनिधि छनौट देखि केन्द्रिय समिति निर्माणमा बादलले कुनै भुमिका प्रा¥प्त गर्न सकेनन् । नेता बादल ओलीको तजबिजको गोटीमा मात्रै सिमित भए ।

नेपाली कम्युनिष्ट आन्दोलनमा निर्वाह गरेको भुमिका, बरिष्ठता र अप्ठ्यारो अवस्थामा एमालेलाई बचाउन महत्वपुर्ण भुमिका निर्वाह गरेको कारण बादल महा¥धिवेशनबाट बरिष्ठ उपाध्यक्षमा चुनिने धेरैले आंकलन गरेका थिए ।तर ओलीले बादललाई बरिष्ठ उपाध्यक्ष बनाउने कुरा त कहाँ हो कहाँ, पुर्व माओवादीबाट आएकाहरुलाई टुटफुट गराएर व्यक्तिमा निर्णय गरे ।

तत्कालिन ससस्त्र जनयुद्धको योजनाकार र सैन्य नीति निर्माताको रुपमा परिचित नेता बादल झण्डै २ दशक माओवादीको महासचिव भैसकेका थिए । माओवादीबाट छुट्टिएर एमालेमा समाहित हुने क्रममा देशैभरिबाट उनको पछाडि हजारौं कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए ।

तर महाधिवेशन प्रति¥निधि छनौटको क्रम¥मा सहमतीको नाममा पुर्व माओवादीका सयौं नेताहरुलाई सहभागी नै गराइएन् । प्रतिनिधिमा छुटेका पुर्व माओवादी नेता तथा कार्यकर्ताहरुलाई प्रतिनिधित्व गराउने बचन अध्यक्ष ओलीले बादललाई दिए, तर बादलको तर्फबाट सुचि लिएर प्रतिनिधि बनाउँदा उनि हावी हुनसक्ने देखेर ओलीले सिमित व्यक्तिहरुलाई मात्रै व्यक्तिगत छनौटका आधारमा समेट्ने काम गरे । जसको नेता बादलले खबर नै पाएनन् ।

आइतबार राती एमा¥ले अध्यक्ष ओलीले ३०१ जना पदाधिकारी सहित केन्द्रिय समितिको नामावली महा¥धिवेशनमा प्रस्ताव गरेका छन् । एमालेको उच्च स्रोतका अनुसार बादललाई ओलीले प्रस्तावित केन्द्रिय समितिको नामावली तयार पार्दा कुनै महत्व नै दिएनन् । बादलले एमालेमा आफुलाई पुर्व माओवादी समुहको नेताको रुपमा स्थापित गर्ने प्रयास गरिरहेका थिए ।

एमालेको हालसम्मको केन्द्रिय समितिमा २३ जना पुर्वमाओवादीको प्रतिनिधित्व रहेको थियो । महाधिवेशनमार्फत नेता बादलले कम्तिमा ४६ देखि ५० जना पुर्याउने लक्ष्य राखेका थिए । तर ओलीले उनलाई नै न¥सोधी नाम प्र¥स्ताव गरेकाले को प्र¥स्तावित भए को भएनन् भन्नेमा अहिले बादल नै बेखबर भएका छन् ।

माओवादी आन्दोलनमा एउटा निर्णायक नेतृत्वको रुपमा स्थापित भएका नेता बादलले एमालेमा पनि त्यो स्थान प्राप्त गर्ने अनुमान गरेका थिए । तर ए¥मालेको एउटा समु¥हले आइतबार अध्यक्ष ओलीलाई भेटेर बादलको पार्टीमा संख्यात्मक उपस्थिति कमजोर रहेकाले उनलाई सामान्य स्तरमा सम्बोधन गर्न सुझाएका थिए ।

महाधिवेशनमा प्रस्तावित सु¥ची निर्माण गर्दा ओलीको हार्डलाइनर नेताको रुप¥मा परिचित शंकर पोखरेल हाबी भएकाले पुर्वमा¥ओवादी तथा बादल पेलिएको एमालेको उच्च स्रोतले सन्सारन्युजलाइ बतायो ।

तपाईको प्रतिक्रिया