अरुण तेस्रो जलविद्युत आयोजनाको अवलोकन गर्नको लागि प्रधानमन्त्री ओलि संखुवासभाको किमाथांका पुगे,
2020, November 11th, Wednesday

admin

काठमाडौँ कार्तिक २६ । मृगौला प्रत्यारोपण पछि पहिलो पटक प्रधानमन्त्री केपी शर्मा ओली उपत्यका बाहिर निस्किएका छन् । उनी संखुवासभाको किमाथांका पुगेका छन् । किमाथांका चीनसगँ जोडिएको नाका हो । यो नाकाबाट चीन नेपाल भारत व्यापारको संभाव्यता अध्ययन गरिने जनाईएको छ ।

प्रधानमन्त्रीका भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल पनि पनि संखुवासभा गएका छन् ।

संखुवासभा भ्रमणमा प्रधानमन्त्री ओलीले भारतीय कम्पनीले निर्माण गरीरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाको अवलोकन गर्ने समेत कार्यक्रम रहेको छ ।

९ सय मेगावाटको अरुण तेस्रो परियोजना भारतीय सरकारी कम्पनी सतलजले निर्माण गरीरहेको छ ।
नेपाली सेनाको हेलिकप्टर मार्फत संखुवासभा पुगेका प्रधानमन्त्री ओली आजै काठमाण्डौ फिर्ता हुने कार्यक्रम रहेको छ ।नाकाको अनुगमन पश्चात उत्तर दक्षिण कोशी राजमार्गको अनुगमन गर्न च्याम्ताङ पुग्ने जनाइएको छ ।

राजमार्गको अवलोकन पछि हेलिकप्टर मार्फत अरुण तेश्रो परियोजनाको अनुगमन गर्न ड्याम साईड निर्माण क्षेत्र फ्याक्सिन्दा दोभान पुगे पछि दिउँसो ३ बजे प्रधानमन्त्री ओली काठमाण्डौं फर्कने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया